देवदह । स्वर्णिम सगरमाथा कलेज देवदहले अभिभावकसंग अन्तरक्रिया गरेको छ ।
विहिबार विद्यार्थीहरूको शैक्षिक अवस्था र प्रगतिको समीक्षा गर्ने, अनुशासन, कक्षागत व्यवहार तथा नैतिक विकासमा अभिभावकको भूमिका स्पष्ट पार्ने र कलेज एवं अभिभावकबीचको समन्वयलाई अझ सुदृढ बनाउने उद्धेश्यले कक्षा ११ मा होटल म्यानेजमेन्ट र शिक्षा संकायमा अध्ययनरत छात्रछात्राहरूका अभिभावकहरूसँग अन्तरक्रिया गरेको कलेजले जनाएको छ ।
कार्यक्रममा होटल म्यानेजमेन्ट संकायको तर्फबाट संकाय प्रमुख शरद भण्डारी र शिक्षा संकायको तर्फबाट संकाय प्रमुख कृष्ण आचार्यले आ-आफ्नो संकायका विद्यार्थीहरूको शैक्षिक अवस्था र प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सोही अवसरमा अभिभावकहरूलाई विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षाको नतिजा (मार्क्ससिट) समेत हस्तान्तरण गरिएको थियो । साथै, कलेजको आगामी शैक्षिक कार्ययोजनामा समावेश गर्ने हेतुले अभिभावकहरूका महत्वपूर्ण सुझाव तथा गुनासोहरूसमेत टिपोट गरिएको थियो ।
क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेलको अध्यक्षता, कक्षा ११-१२ संयोजक दिपेश मल्ल, परिक्षा संयोजक शरद भण्डारी, शिक्षा संकाय प्रमुख कृष्ण आचार्य, इ.सि.ए. संयोजक कृष्ण न्यौपानेको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बि.बि.एस. संयोजक विमल तिवारीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology