इलाम । सडक डिभिजन इलामले मेची करिडोरअन्तर्गत बेलासे–राकासे भञ्ज्याङ, इलाम खण्डको सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता तोडेको छ । निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरेपछि डिभिजनले ठेक्का सम्झौता अन्त्य गरेको हो ।
सडक डिभिजनले सार्वजनिक गरेको सूचनाअनुसार निर्माण व्यवसायी श्री बुढाथोकी कृष्ण–सक्षम जेभी, काठमाडौंसँग भएको सम्झौता तोडिएको हो। सम्झौताअनुसार काम सम्पन्न गर्न पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम पूरा नगरेको सूचनामा उल्लेख छ ।
निर्माण कार्यको भौतिक प्रगति ४८.२८ प्रतिशत र वित्तीय प्रगति ३ प्रतिशत मात्र रहेको सूचनामा उल्लेख छ । निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरेपछि सार्वजनिक खरिद नियमावली तथा ठेक्का सम्झौताका प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको डिभिजनले जनाएको छ ।
ठेक्का सम्झौता अन्त्यसँगै निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने र बाँकी निर्माण कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology