Logo

२०८३, कार्तिक १५गते


images
images

रोहिणी सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन

रोहिणी सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन

images
  • रोहिणी सामुदायिक वनको १२ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा रहेको रोहिणी सामुदायिक वन उपभोक्ता समूहको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images
    images

    शनिबार कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरप्रमुख ध्रुव प्रसाद खरेलले वन सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सम्पूर्ण उपभोक्ता तथा स्थानीय समुदाय एकजुट हुनुपर्ने बताए ।

    images
    images
    images

    फरक प्रसंङ्गमा प्रखु खरेलले सडक सञ्जालले नागरिकहरूको दैनिक जीवनयापनमा सहजता ल्याएको बताए । देवदहको गौरवको आयोजना अन्तर्गत सडक निर्माणका लागि क्रमागत रूपमा कहिले ५० लाख, कहिले ३० लाख त कहिले ३५ लाख बजेट विनियोजन गर्दै आजको अवस्थासम्म ल्याइएको उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रममा गाउँ वन समन्वय सञ्जालका अध्यक्ष खेम नारायण अधिकारी, जनप्रिय माविका प्रधानध्यापक गायत्री प्रसाद खरेलल लगायतले बोलेका थिए ।

    साधारणसभामा आर्थिक बर्ष २०८२/०८३ को  ४८ लाख ८८ हजार १ सय ४३ रुपैयाको आय व्यय प्रस्तुत गरिका साथै आर्थिक बर्ष २०८३/०८४ लागि ६२ लाख ४८ हजार ७ सय २७ रुपैयाँ को अनुमानित आय व्यय समेत प्रस्तुत गरिएको थियो ।

    साधारण सभामा जेष्ठ नागरिक सम्मानबाट ८५ बर्षका केशर बहादुर पुन र ८० बर्षिय हरिकला पुर्जा, विशेष क्षमता नागरिक सम्मानबाट हरि प्रसाद लम्साल सम्मानित भएका छन् । सो अवसरमा १० जना विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

    कार्यक्रममा देवदह १० का अध्यक्ष बहादुर सुनार, देवदह ९ का अध्यक्ष मोहन बहादुर जिसी तथा सहायक वन अधिकृतद्वय उमेश शाह र मनोज चौधरी, कार्यपालिका सदस्य अमर लामिछाने र गम बहादुर पुनको उपस्थिति रहेको थियो ।

    संस्थाका अध्यक्ष चन्द बहादुर रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा नानीमैयाँ पहाडीले सञ्चालन र निर्माण पराजुलीले स्वागत गरेका थिए ।

    साधारण सभाको अवसरमा लायन्स क्लब अफ देवदह भलुहीको आयोजनामा निशुल्क मधुमेह तथा रक्तचाप परिक्षण पनि गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहिणी सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।