Logo

२०८३, श्रावण ३०गते


images
images

नागरिकता विद्येयकमा ५४ सांसदद्वारा ३१ संशोधन प्रस्ताव दर्ता

नागरिकता विद्येयकमा ५४ सांसदद्वारा ३१ संशोधन प्रस्ताव दर्ता

images
  • नागरिकता विद्येयकमा ५४ सांसदद्वारा ३१ संशोधन प्रस्ताव दर्ता
    images
    images

    काठमाडौं । सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । 

    images
    images
    images

    यसअघि संसदमा पेश भएको नागरिकता विद्येयक फिर्ता लिएर पुनः सरकारले नयाँ विद्येयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

    images
    images
    images

    संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरेका छन ।
                                              राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षअघि नै विधेयकमाथि दफावार छलफल गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको भएपनि हालै सरकारले सो विद्येयक फिर्ता लिएर नयाँ विद्येयक दर्ता गराएको हो । 

    images
    images
    images

    सो विधेयकमा दलहरुबीच पूर्ण सहमति नभएपनि समितिले विदेशी महिलालाई नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने संशोधन राख्ने विषय बहुमतले निर्णय गरेको थियो ।

    पुनः संसदमा पेश भएको नागरिकता विद्येयकमा चार दर्जनभन्दा बढी संशोधन प्रस्ताव दर्ता भएपछि सरकारले सो विधेयक आजको प्रतिनिधिसभा बैठकमा अघि बढाएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • # सांसद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।