Logo

२०८३, कार्तिक ३०गते


images
images

एमाले सकिएको भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ: ओली

एमाले सकिएको भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ: ओली

images
  • एमाले सकिएको भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छ: ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको शक्ति आन्दोलन र निर्वाचनमार्फत देखाउने बताएका छन् । उनले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले ‘एमाले सिद्धियो’ भन्ने भाष्यलाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनबाट जनतामाझ जानुपर्ने बताए ।

    images
    images
    images

    उनले भने- 'नेकपा एमाले सिद्धियो भन्ने जुन कुरा छ, त्यो होइन भन्नका लागि हामीले दुईवटा कुराबाट नेकपा एमाले सिद्धियो होइन, एमाले देशको सबैभन्दा सही विचार बोकेको, सबैभन्दा सङ्गठित, सबैभन्दा प्रभावकारी र सबैभन्दा कर्मठ र उज्यालो भविष्य भएको पार्टी हो भन्ने कुरा आन्दोलन र निर्वाचनबाट फेरि हामीले देखाउनुपर्छ ।'

    images
    images

    उनले सरकारका गलत काम रोक्नुपर्ने उल्लेख गर्दै सरकारमाथि स्वेच्छाचारिता, अधिनायकवादी सोच र फासीवादतर्फको यात्राको आरोप लगाए । पार्टीमाथि विभिन्न पक्षबाट संयुक्त आक्रमण भइरहेको उनको भनाइ थियो ।

    ओलीले प्रहरी सङ्गठनबारे टिप्पणी गर्दै ‘पुलिस धेरै उत्ताउलिएको थियो, अहिले दुई भागमा विभाजित भएको छ’ भने । राज्यका निकायलाई राजनीतिक रूपमा प्रयोग गर्ने, समिति गठन र छानबिनका नाममा अनावश्यक विवाद सिर्जना गर्ने तथा कतिपय पदबाट हटाउने काम भइरहेको पनि उनले आरोप लगाए ।

    पार्टीको जिम्मेवारीमा बसेर भोट बदल्ने कुरा बेइमानी भएको उल्लेख गर्दै ओलीले पार्टीविरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिए । उनले एमाले इमानको प्रतिमूर्ति बन्नुपर्नेमा पछिल्लो समय स्वार्थअनुसार अघि बढ्ने प्रवृत्ति देखिएको भन्दै आत्ममूल्याङ्कन गर्नुपर्ने बताए ।

    अहिले पार्टीमा नेता धेरै भए पनि काम कम हुने गरेको ओलीको टिप्पणी थियो। विगतमा नेता कम भए पनि काम हुने र नेता–कार्यकर्ता जनतामाझ रहने गरेको उनले स्मरण गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।