Logo

२०८३, कार्तिक ३०गते


images
images

अन्तर्राष्ट्रिय

मध्यावधि निर्वाचनमा हारपछि भान्स राष्ट्रपति चुनावबाट पछि हट्ने संकेत

मध्यावधि निर्वाचनमा हारपछि भान्स राष्ट्रपति चुनावबाट पछि हट्ने संकेत

images
  • मध्यावधि निर्वाचनमा हारपछि भान्स राष्ट्रपति चुनावबाट पछि हट्ने संकेत
    images

    काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो हार बेहोरेपछि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा हुने राष्ट्रपति निर्वाचनबाट पछि हट्नेबारे विचार गरिरहेको चर्चा सुरु भएको छ ।

    images
    images
    images

    सीएनएनको रिपोर्टअनुसार इरानसँग जारी युद्ध, पार्टीभित्र बढ्दो मतभेद र ‘मागा’ आन्दोलनको भविष्यबारे अनिश्चितताका कारण भान्स आफ्नो राजनीतिक भविष्यलाई लिएर अन्योलमा छन् । यद्यपि, उनले राष्ट्रपति निर्वाचन नलड्नेबारे कुनै अन्तिम निर्णय गरिसकेका छैनन् ।

    images
    images
    images

    भान्सका निकट सहयोगीहरूका अनुसार इरानसँगको युद्ध उनको राष्ट्रपति बन्ने आकाङ्क्षाका लागि ठूलो चुनौती बनेको छ । युद्ध जारी रहे सन् २०२८ मा रिपब्लिकन पार्टीका कुनै पनि उम्मेदवारलाई चुनाव जित्न कठिन हुने उनीहरूको बुझाइ छ ।

    images
    images

    मध्यावधि निर्वाचनमा पार्टीले हार बेहोरेपछि भान्सले सामाजिक सञ्जालमार्फत युद्धलाई हारको प्रमुख कारण बताएका थिए । उनले युद्ध अन्त्य गर्ने, महँगी नियन्त्रण गर्ने र घरेलु समस्यालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । उनको अभिव्यक्तिप्रति राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुष्ट बनेको सीएनएनले उल्लेख गरेको छ ।

    यसैबीच, फ्लोरिडाका गभर्नर रोन डेसान्टिस, टेक्सासका सिनेटर टेड क्रुज र जर्जियाका गभर्नर ब्रायन केम्प पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । भान्सका समर्थकहरूले भने उनी चुनावी प्रतिस्पर्धामा उत्रिए रिपब्लिकन पार्टीको प्रारम्भिक छनोटमा बलियो बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।