Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मी रातामाटाका जनसमुदायलाई सस्ताेमा एकघर-एकधारा

गुल्मी रातामाटाका जनसमुदायलाई सस्ताेमा एकघर-एकधारा

images
  • सेतोमसी सहकर्मी
  • गुल्मी रातामाटाका जनसमुदायलाई सस्ताेमा एकघर-एकधारा
    images
    images

    कृष्ण अन्जान, गुल्मी । पिउने पानी मानवका लागि पहिलाे आधारभुत आवश्यकता हाे । यतिबेला स्थानीय, प्रदेश र केन्द्र सरकार जनतालाई कसरी घरघरमा पानी पुर्याउन सकिन्छ भनेर लागेकाे छ ।

    images
    images
    images

    सरकारले ल्याएकाे एकघर-एकधारा अभियानकाे काम गाउँघरमा जाेडताेडले चलिरहेकाे छ ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिका वडा नं. १ काे रातामाटा क्षेत्रमा मात्र ३८ घर छन । तर लामाे समय पानीकाे समस्याले पिराेलिईरहेकाे यहाँका बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध मात्र हाेईन, घरघरमा पानी पुर्याउने कार्यमा यहाँका सामाजिक अभियन्ता लागेका छन ।

    images
    images
    images

    रातामाटाबाट करिब पाँचकिलाेमिटर टाढा भेडाबारी भन्ने ठाउँबाट याे क्षेत्रका लागि खानेपानी ल्याईएकाे स्थानिय राजेन्द्र राणाले बताए । "नजिक पानीकाे मुल नभएकाे र पिउने पानीकाे मुल दिगाे हुनुपर्ने भएकाले पनि रुरुक्षेत्र २ काे भेँडाबारीबाट हामिले याे पानी रातामाटा ल्याएका हौँ" उनले भने ।

    रातामाटा दलित बस्ति खानेपानी याेजनाकाे लागत करिब पचासलाख काे रहेकाे छ । आठ हजार र पाँच हजार लिटर क्षमताका दुईवटा रिजर्भ ट्याँकी निर्माण गरि घरघरमा पानी पुर्याईएकाे छ । सँगै याे खानेपानी याेजनाबाट रातामाटामा रहेकाे अटिजम पाठशाला, बन कार्यालय, रुरु सँस्कृत विध्यापिठ र रातामाटामा निर्माणधिन पालिका स्तरिय अस्पतालले समेत पानीका धारा पाएका छन ।

    रातामाटा वस्ति खानेपानी आयाेजनाले कसरी सकिन्छ सस्ताेमा पानीका धारा जडान गर्ने भन्ने साेँचका आधारमा पानीका धारा राख्ने स्थानीय उपभोक्तासँग मात्र दुई हजार पाँचसय रुपैया उठाएकाे छ र यहि पैसाले धारा जडानकाे सबै काम गरिदिएकाे छ । 

    मिटर, गेडबल, धारा, पाईपसँगै पक्कि ढलान खम्बासहितकाे धारा जडान गरिदिएकाे छ जुन न्युनतम मूल्य हाे । 

    यहि क्षेत्रमा उपभोक्तासँग दशबीस हजार उठाएर पानी बितरण गरेका प्रमाण छन तर रातामाटा क्षेत्रका उपभोक्ताहरुले सस्तोमा धारा जडान गर्न पाउँदा राहत महशुस गरेका छन ।

    "हामीले पिउने पानीकाे मर्मत सम्भारका लागिसँगै एक जना कर्मचारी राख्न केही रकम आवस्यक पर्ने हुन्छ । यसका लागि प्रत्येक उपभोक्ताबाट वार्षिक एक हजार मात्र शुल्क लिने तयारी गरेका छौँ।" रातामाटा दलित बस्ति खानेपानी आयाेजनाका सचिव समेत रहेका राजेन्द्र राणाले भने ।

    हामीलाई लामाे समय पिउने पानीकाे समस्या थियाे । याे समाधान भएकाे छ र सस्तोमा पानी पाएका छौँ । रातामाटाका अगुवा कृषक महेन्द्र राणाले भने ।

    रातामाटामा पिउने पानीकाे व्यवस्था पछि अब पँधेराका पानीका भरमा रहेका मकवादी क्षेत्रको बस्तिमा एक घर-एक धाराका अन्तरगत पानी पुर्‍याउने लक्ष राखेकाे राजेन्द्र राणाले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # एकघर-एकधारा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।