Logo

२०८३, श्रावण ३०गते


images
images

उपेन्द्र यादवले भने, ‘कम्युनिस्टहरूले समाजवादी केन्द्र खोल्नै मिल्दैन’

उपेन्द्र यादवले भने, ‘कम्युनिस्टहरूले समाजवादी केन्द्र खोल्नै मिल्दैन’

images
  • उपेन्द्र यादवले भने, ‘कम्युनिस्टहरूले समाजवादी केन्द्र खोल्नै मिल्दैन’
    images
    images

    काठमाडौं । विभिन्न कम्युनिस्ट पार्टीहरूले मिलेर बन्न लागेको समाजवादी केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भने सहभागी नहुने भएको छ । अध्यक्ष यादवले सो केन्द्रमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।

    images
    images
    images

    डा.बाबुराम भट्टराईले जसपामा हुँदा नै यो समाजवादी केन्द्रको अवधारणा ल्याएका थिए । अहिले उनी पार्टीबाट कारबाहीमा परेका छन् । नेता भट्टराईले पार्टीका नै हुँदा समाजवादी केन्द्रको अवधारणा ल्याएको हुँदा कतिपयले जसपाका अध्यक्ष यादव पनि समाजवादी केन्द्रमा समावेश हुने चर्चा चलेको थियो । 

    images
    images
    images

    अध्यक्ष यादवले समाजवादी केन्द्रको विषयमा प्रचण्डसँग पटक–पटक  छलफल समेत गरेको स्रोत बताउँछ । माओवादी निकट एक नेताका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव पनि समाजवादी केन्द्रमा सहभागी हुने सकारात्मक सन्देश दिएका छन्, अध्यक्ष प्रचण्डसँग यस विषयमा उनी पटक पटक कुरा पनि गरिसकेका छन् । 
    उनी भन्छन्, ‘ कम्युनिस्टहरूले समाजवादी केन्द्र स्थापना गर्न नै सक्दैन गरे पनि त्यो सैद्धान्तिक रूपमा मिल्दैन । कम्युनिस्टहरू साम्यवादी हुन्छन्, समाजवादी हुनै सक्दैन ।’ आफ्नो जसपा नै एउटा समाजवादी केन्द्र भएको बताउँदै उनले आफूहरू अरू केन्द्रमा सहभागी हुने जरुरत नै नरहेको उनले बताए । 
    ‘जसपा नै समाजवादी पार्टी हो । उनीहरूले समाजवादको नाममा जनतालाई भ्रममा राखिरहेका छन्,’ अध्यक्ष यादवले कम्युनिस्टहरू समाजवादी केन्द्रको नाममा जनतालाई ठग्ने कार्य गर्न लागेको उनको टिप्पणी छ । 
    ‘‘तपाईंको पार्टीमा हुँदा नै बाबुराम भट्टराईले यो समाजवादी केन्द्रको अवधारणा ल्याउनु भएको थियो । त्यसैले यसको जसपाको लिगेसी छ भनिन्छ नि’ भन्ने जिज्ञासामा उनले भने, ‘बाबुरामजीको के कुरा गर्नु । उहाँ जहाँ जानुहुन्छ, त्यहाँ त्यही अनुसार काम गर्नुहुन्छ । जता हावा चल्छ, उतै पिठ्यूँ घुमाउनु हुन्छ ।’
    जसपाबाट कारबाहीमा परेपछि नेता भट्टराईले यतिबेला समाजवादी केन्द्र गठनलाई तीव्रता दिएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लगातार छलफल गरिरहेका छन् । समाजवादी केन्द्रमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी, वामदेव गौतम नेतृत्व नेकपा एकता राष्ट्रिय अभियान र गठन हुन बाँकी रहेको बाबुराम नेतृत्वको पार्टी रहेको छन् । हाललाई यी चारवटा दल रहने गरी केन्द्र स्थापना गर्नका लागि अभियान थालनी गरेको छ । पछि अन्य दललाई पनि समाहित गर्ने ती दलका नेताहरूले भन्दै आएका छन् 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।