Logo

२०८३, मंसिर ७गते


images
images

बलिवुड

धर्माले कार्तिक आर्यनको मुख्य भूमिका ‘कालिया’ बनाउने घोषणा

धर्माले कार्तिक आर्यनको मुख्य भूमिका ‘कालिया’ बनाउने घोषणा

images
  • धर्माले कार्तिक आर्यनको मुख्य भूमिका ‘कालिया’ बनाउने घोषणा
    images

    काठमाडौँ । बलिवुडको प्रतिष्ठित फिल्म निर्माण कम्पनि धर्मा प्रोडक्सन्स र डोपामिन स्टुडियोजले अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘कालिया’ निर्माण गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    कार्तिक आर्यनको जन्मदिनको अवसर पारेर घोषणा गरिएको यो चलचित्र सन् २०२८ मे ५ मा हलमा प्रदर्शन हुने तय भएको छ । चलचित्रलाई करण जोहर, अदार पुनावाला, अपूर्व मेहता, सोमन मिश्र, मरिज्के डिसुजा र कार्तिक आर्यनले संयुक्त रूपमा निर्माण गर्नेछन् ।

    images
    images

    सन्दीप मोदीको निर्देशनमा बन्ने ‘कालिया’ रहस्य र त्रासले भरिएको दैत्यसम्बन्धी कथामा आधारित चलचित्र हो । यस चलचित्रमार्फत धर्मा प्रोडक्सन्सले हिन्दी चलचित्र क्षेत्रमा कम प्रयोग भएको दैत्यप्रधान कथाको विधामा नयाँ प्रयोग गर्न लागेको छ ।

    images

    भारतीय ग्रामीण क्षेत्रको पौराणिक कथा, लोकविश्वास र पुस्तौँदेखि चल्दै आएका सांस्कृतिक मान्यतामा आधारित चलचित्रले भारतीय मौलिकता र विश्वव्यापी आकर्षण भएको रहस्यमय कथालाई जोड्ने निर्माण पक्षले जनाएको छ ।

    निर्देशक सन्दीप मोदीका लागि ‘कालिया’ पहिलो हिन्दी चलचित्र हुनेछ । यसअघि उनले ‘द नाइट म्यानेजर’ र ‘आर्या’ जस्ता चर्चित शृङ्खलामा काम गरिसकेका छन् ।

    यस चलचित्रमार्फत कार्तिक आर्यन पहिलोपटक दैत्यप्रधान रोमाञ्चक कथामा मुख्य भूमिकामा देखिने बताइएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कालिया
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।