देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का अध्यक्ष यक बहादुर सुनारले जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेका छन् । आइतबार सरस्वती आधारभूत विद्यालय केउलीका करिब ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
जन्मदिन विद्यार्थीहरूसँग मनाउने उद्देश्यले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको सुनारले बताए । उनले आगामी दिनमा विद्यालयको पूर्वाधार निर्माणमा बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कपडा वितरण कार्यक्रममा देवदह-९ का अध्यक्ष मोहन जिसी, स्थानीय समाजसेवी, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology