Logo

२०८३, मंसिर ८गते


images
images

एनभिडिया विवाद

एनभिडिया विवादपछि मेगास्पिडमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एनभिडिया विवादपछि मेगास्पिडमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

images
  • एनभिडिया विवादपछि मेगास्पिडमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
    images

    काठमाडौं । अमेरिकाले सिंगापुरको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी मेगास्पिडमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । एनभिडियासँग जोडिएको विवादमा कथित संलग्नता रहेको आरोपमा अमेरिकाले उक्त कम्पनीलाई प्रतिबन्धित कम्पनीको सूचीमा राख्न लागेको हो ।

    images
    images
    images

    अमेरिकी वाणिज्य विभागले मेगास्पिड लिमिटेडलाई अमेरिकामा सामान खरिद तथा बिक्री गर्न प्रतिबन्ध लगाइएका कम्पनीको सूचीमा समावेश गर्ने योजना बनाएको जनाएको छ । यद्यपि प्रतिबन्ध कहिलेदेखि लागू हुन्छ भन्नेबारे स्पष्ट पारिएको छैन ।

    images
    images

    मुख्यतः तथ्याङ्क केन्द्र निर्माणको काम गर्दै आएको मेगास्पिड पछिल्लो समय विवादमा आएको हो । कम्पनीकी पूर्वअधिकारी एलिस ह्वाङमाथि चीनका लागि जासुसी गरेको आरोप लागेको छ । साथै, उनको एनभिडियाका प्रमुख जेन्सेन ह्वाङसँग व्यक्तिगत सम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि अमेरिकी अधिकारीहरूको अनुसन्धान थप तीव्र भएको थियो ।

    images

    अमेरिकी अधिकारीहरूलाई मेगास्पिडले एनभिडियाका अत्याधुनिक कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्प्युटर चिप चीन पुर्‍याइरहेको आशंका छ । यसले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको बताइएको छ ।

    यसअघि मेगास्पिडबारे अमेरिकामा खासै चर्चा थिएन । तर कम्पनीकी पूर्वअधिकारी र एनभिडियाका प्रमुखबीचको कथित सम्बन्धबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कम्पनी चर्चामा आएको हो ।

    चीनले एलिस ह्वाङ जासुस रहेको आरोप अस्वीकार गरेको छ। साथै, एआई प्रविधिमा प्रतिबन्ध लगाउने बहाना नबनाउन चीनले अमेरिकालाई चेतावनी दिएको छ । चीनले अमेरिकालाई यस विवादलाई एआई प्रविधिमा अवरोध सिर्जना गर्ने माध्यम नबनाउन आग्रह गरेको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनभिडिया
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।