काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ पुनर्बहाली भएपछि कम्पनीको सेयर मूल्य एकै दिन ३१.४८ प्रतिशतले बढेको छ ।
सोमबारको कारोबारमा एनभिडियाको सेयर मूल्य ३६.६६ प्रतिशतसम्म बढेको थियो । यससँगै कम्पनीको बजार पुँजीकरण एकै दिन ९५२ अर्ब अमेरिकी डलरले वृद्धि भएको छ ।
ह्वाङलाई तत्काल लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्षमा पुनर्बहाली गरिएको घोषणापछि कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनीका सेयरमा समेत तीव्र वृद्धि भएको थियो ।
यसको प्रभाव अमेरिकी सेयर बजारमा पनि देखियो। प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक परिसूचक ६.५१ प्रतिशत, एसएन्डपी ५०० परिसूचक ४.७३ प्रतिशत र डाउ जोन्स परिसूचक ३.०१ प्रतिशतले बढ्यो ।
गत साता कृत्रिम बुद्धिमत्तामा भइरहेको लगानीको भविष्यप्रति चिन्ता बढेपछि प्रविधि कम्पनीका सेयरमा ठूलो गिरावट आएको थियो । ह्वाङको पुनरागमनले लगानीकर्ताको अन्योल घटाएको र बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology