काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको 'समृद्द नेपाल, सुखी नेपाली' को नारा नारामै सिमित भएको बताएका छन । नारामा जे भएपनि व्यबहारमा 'दरिद्र नेपाल, दु:खी नेपाली' भएको बताएका हुन् ।
सोमबार संसदको अधिवेशनमा भाग लिदै यादवले ओली सरकारको पालामा सबैभन्दा धेरै मधेसी जनताहरुलाई राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गर्ने र जेल हाल्ने काम भएको बताउँदै यादवले आफुहरु प्रधानमन्त्रीको विपक्षमा रहेको र विस्वासको मत नदिने बताए ।
स्मरण रहोस, संसदमा बोल्दै जसपाकै अर्का अध्यक्ष महन्त ठाकुरले भने प्रधानमन्त्रीलाई विस्वासको मत पनि नदिने र विपक्षमा पनि नजाने बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology