Logo

२०८३, मंसिर ११गते


images
images

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क विशेष ट्रली सेवा सुरु

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क विशेष ट्रली सेवा सुरु

images
  • त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क विशेष ट्रली सेवा सुरु
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको सुविधाका लागि विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ ।

    images
    images
    images

    विमानस्थलको आन्तरिक प्रस्थान कक्ष र आगमन क्षेत्रमा सुरु गरिएको यस सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज अवस्था भएका तथा धेरै वा गह्रौँ सामान बोकेका यात्रु लाभान्वित हुनेछन् ।

    images
    images

    विमानस्थलका अनुसार यस सेवाका नाममा कसैले रकम माग गरेमा वा सेवा प्रयोगका क्रममा कुनै समस्या तथा गुनासो भएमा यात्रुले आन्तरिक टर्मिनलका ड्युटी अफिसरको सम्पर्क नम्बर ०१-४११३२९९ मा जानकारी गराउन सक्नेछन् ।

    images

    यात्रुमैत्री सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको ट्रली सेवालाई यात्रुको आवश्यकता, सुझाव र उपलब्ध स्थानका आधारमा थप व्यवस्थित तथा विस्तार गर्दै लगिने विमानस्थलले जनाएको छ ।

    images
    images
    images
    images
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।