Logo

२०८३, श्रावण ३०गते


images
images

खसी-बाख्रा तस्करीमा गाउँपालिकाकाे संरक्षण !

खसी-बाख्रा तस्करीमा गाउँपालिकाकाे संरक्षण !

images
  • सेतोमसी सहकर्मी
  • खसी-बाख्रा तस्करीमा गाउँपालिकाकाे संरक्षण !
    images
    images

    प्रीन्स मिश्रा, कपिलवस्तु  । जिल्लाकाे विजयनगर गाउँपालिकाले तस्करी भई भित्रिने खसी बाख्रा र तस्करसमेतलाई वैधानिकता दिदै आएकाे  तथ्य खुलेकाे छ ।

    images
    images
    images

    कृष्णनगर भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिई लिलाम गरेकाे कुल १४५ गाेटा खसी बिक्री वितरणका लागि विजयनगर गाउंपालिकाले सिफारिस गरेकाे तथ्य बाहिर आएकाे छ ।

    images
    images
    images

    गाउँपालिकाकाे वडा ६ का अध्यक्ष प्रेम बहादुर कलवारले साेही वडाकाे ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्र खजानी संकलन केन्द्रबाट विराज एण्ड विनित सप्लायर्स काठमाडाैंकाे नाममा बिक्रि भैसकेकाे र सम्बन्धित सबै निकायले आवश्यक सहजीकरण गरिदिन सिफारिस गरेका छन ।

    images
    images
    images

    ओमप्रकाश बाख्रा खरिद बिक्रि केन्द्रले ती १४५ गाेटा खसीलाई विराज एण्ड विनित सप्लायर्सका नाममा साउन १३ गतेकाे बिल नम्बर ३ काटेकाे छ जबकी वडाले एकदिन अगावै साउन १२ गते नै चलानी न २४ काे पत्रमा बिक्रि केन्द्र र सप्लायर्सकाे नाममा उल्लेख गरि सिफारिस गरिसकेकाे छ । बिक्रि केन्द्रले प्रयाेग गरेकाे पान बिलमै १७ लाख साढे ५४ हजारकाे भुक्तानी लिएकाे तथ्य शंकास्पद छ । 

    त्यस्तै एकदिन अगावै वडाले पार्टीको नामसमेत उल्लेख गरि सिफारिस गरेपछि बिल काटिएकाे छ र पशुजन्य बस्तु बिक्रि वितरणका लागि सिफारिस वडाले भन्दा पशु शाखा र पशु क्वारेन्टाइनले गरे सान्दर्भिक हुन्थयाे जुनकी गाउँपालिकाकाे गल्ती देखाउंछ । तर गाउँपालिका प्रमुख गाेपाल बहादुर थापाले हामीले सिफारिस दिन मिल्दैन खसीवालाले कागज किर्ते गरेकाे हुनसक्ने बताए ।

    त्यस्तै यदि सबै खसी गाउँपालिका कै उत्पादन भने भ्याटनेरि डाक्टर विजय घिमिरेले निराेगिता प्रमाणपत्र दिने आवश्यकता किन पर्याे ? तस्ता थुप्रै तथ्यले खसी तस्करी कै हुन र गाउँपालिकाले आफ्नाे उत्पादन देखाई तस्करलाई संरक्षण गरेकाे देखिन्छ ।

    गाउँपालिकाकाे सिमा भारतकाे बार्डर छाेएकाले विभिन्न गाउँबाट खसी तस्करी व्यापक रुपमा भइरहेकाे छ। गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे र कुल २४ लाख ६५ हजार मुल्य रकम ताेकेर लिलाम गर्ने प्रक्रिया गरिसकेको भन्सार प्रमुख जनार्दन पाैडलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।