Logo

२०८३, श्रावण ३१गते


images
images

कालिगण्डकीको जल रुपन्देहीको पर्राेहास्थित शिवज्याेर्तिलिँगमा चढाईने

कालिगण्डकीको जल रुपन्देहीको पर्राेहास्थित शिवज्याेर्तिलिँगमा चढाईने

images
  • सेतोमसी सहकर्मी
  • कालिगण्डकीको जल रुपन्देहीको पर्राेहास्थित शिवज्याेर्तिलिँगमा चढाईने
    images
    images

    कृष्ण अन्जान, रिडी । रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं १ मा अवस्थित शिवज्योतिर्लिङ्गको रुपमा मानिने  पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामदेखि रिडिलाई याे वर्षपनि बाेलबम सर्किटकाे रुपमा प्रयाेग गरिने भएकाे छ ।

    images
    images
    images

    रुरुक्षेत्र धाममा श्रावण १९ गते बोलवम यात्रीहरु आई २० गते बिहान कृष्णगण्डकीको जल उठाई पर्रोहा बोलवम धाममा गई जलार्पण गरिने जानकारी प्राप्त भएकाे छ ।

    images
    images
    images

    प्रत्येक बर्ष जलार्पण गरिने कार्यक्रम अन्तर्गत नेपालको चार धाम मध्ये एक धामको रुपमा परिचित रुरुधाममा यस वर्ष पनि  सयौ बोलवम तिर्थयात्रीहरु बास बस्न आउने भएका छन ।
     
    तिर्थयात्रीहरुबाट  रात्रिकालिन  भजन किर्तन गरि विताउने र  अर्को दिन बिहान गँगाजल लिएर जाने यात्रिहरुलाई रिडीबजार   तथा अर्गलीमा स्थानिय जनसमुदाय, ब्यापारी, आमा समुह, क्लबका पदाधिकारीहरुले बोलवम यात्रीलाई स्वागत गर्ने कार्यक्रम छ ।

    images
    images
    images

    पर्रोहा परमेश्वर बोलवम धाममा श्रावण महिनामा नेपाल तथा भारतका हजारौं भक्तजनहरुले जलार्पण गर्ने गर्दछन । 

    यस अवसरमा धाम समितिको आयोजनामा तिर्थयात्रीहरुले नेपालका बिभिन्न पवित्र नदी हरुबाट काँवर तथा कमण्डलुमा गंगाजल ल्याई धाममा रहेको शिवज्योतिर्लिङ्गमा जलार्पण गर्ने परम्परा रही आएको छ ।

    यसरी गंगाजल ल्याई जलार्पण गर्दा मनोकामना पुरा हुने, रोग निवृत्त हुने, प्राकृतिक बिपत्तिहरु आई नपर्ने, बालिनालि राम्रो हने लगायतको जनबिश्वास रही आएको छ । 

    यस अवधिमा धाममा एक महिनासम्म मेला लाग्ने गर्दछ । 

    रुरुक्षेत्र रिडीबाट गँगाजल उठाई बोलवम धाममा जलार्पण गर्ने परम्परा बर्षौदेखि चल्दै आएको र बिगतका दुई बर्ष कोरोना माहामारिका कारण भिडभाड नगरी सामन्य रुपमा परम्परा कायम राखिएतापनि यस बर्ष भब्य रुपमा सयौँ तिर्थयात्रीको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बोलबम धामका कार्यलय सचिव कुलचन्द्र ज्ञवालीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।