Logo

२०८३, श्रावण ३१गते


images
images

विप्लव नेतृत्व नेकपाको सैनामैना नगर भेला सम्पन्न

विप्लव नेतृत्व नेकपाको सैनामैना नगर भेला सम्पन्न

images
  • विप्लव नेतृत्व नेकपाको सैनामैना नगर भेला सम्पन्न
    images
    images

    रामकृष्ण शर्मा, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देही अन्तर्गत सैनामैना नगरपालिकाकाे दाेस्राे सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तेजेन्द्र थापाकाे नेतृत्वमा १९ सदस्यीय सैनामैना नगरकमिटि निमार्ण गरेको छ । 

    images
    images
    images

    सम्मेलनलाई सम्बाेधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी विस्वासले नेकपाले निभ्दै गरेको क्रान्तिलाई झिल्काेकाे रुपमा सल्काएर देशलाई निकास दिन राष्ट्रियता जनता र जनजीविका कुराहरु नयाँ तरिकाबाट उठाएर अगाडि बढेकाे बताए । 

    images
    images
    images

    उनले जनयुद्धले उठाएका मुद्दाहरू उठाएर अगाडि बढ्दैगर्दा हजारौं सहिदहरु रगत बगाएकाे भन्दै हिजोको लडाइँबाट राम्रो शिक्षालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताए ।

    images
    images
    images

    सेक्रेटेरी विश्वासले ३ बुँदे सहमतबाट देशलाई निकास दिन सकिन्छ भन्ने उद्देश्यले सहमति अनुसार अगाडि बढ्दै गर्दा प्रचण्ड देउवाकाे गठबन्धन सरकारले ३ बुँदे सहमति कार्यान्वयन गर्नुकाे सट्टा उल्टै  महासचिव विप्लव लगायतका नेता कार्यकर्तामाथि पक्राउ पुर्जी जारी गरि आफ्नाे चरित्र उदाङ्गाे पारेको बताउँदै पक्राउ पुर्जी तत्काल खारेज गर्नपर्ने बताए ।

    सम्मेलनमा नेकपाका विशेष कमिटि सदस्य नविनले उत्पीडित जनताको पार्टी नेकपा रहेको बताए  । उनले भने " अहिलेकाे राज्यव्यवस्थाबाट आम नेपाली दमित हुन नपराेस् जातिय क्षेत्रीय उत्पीडनकाे अन्त्य र मान्छे द्वारा मान्छे पीडित हुन नपराेस् यसका लागि हाम्रो लडाइँ हाे ।"

    नविनले  राष्ट्र ,राष्ट्रियता र जनताका पक्षमा आवाज उठाउँदै गर्दा नेता कार्यकर्तामाथि झुट्टा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरि गठबन्धन सरकारले युद्धतिर धकेल्न खाेज्छ र दमन गर्ने कुचेष्टा गर्छ भने त्यसका विरुद्ध दरिलो प्रतिवाद गर्ने बताए । 

    उनले अहिले नेपालमा अमेरिकी साम्राज्यवादले नेपालमाथि हस्तक्षेप गरिरहेको र यसकाविरुद्ध सबै नेपाली एकजुट भएर लड्नुपर्ने बताए ।

    नेकपाका जिल्ला नेता तथा रुपन्देही ३ नम्बर कमान्ड इन्चार्ज नवीन थारुले जनताका आवाजलाई उठाउँदा राष्ट्रियताकाे पक्षमा भ्रष्टाचारको पक्षमा बाेल्दा सरकारले  नेकपामाथि प्रतिबन्ध लगाएर झुट्टा मुद्दा लगाएर जेलमा थुनेका कार्यकर्तालाई रिहाई नगरेको बताए । 

     झुट्टा मुद्दा खारेज नगरि, उल्टै नेपाल कम्युनिस्ट पार्टीका महासचिव, प्रबक्ता , सचिवालय सदस्य लगायतका नेता कार्यकर्तालाई  ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको 
    उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमति विरुद्धमा भएको कुरा सरकारले षड्यन्त्रमुलक ढंगले  मुलुकलाई  द्वन्दमा धकेल्न खोजेको बताए । 

    कार्यक्रममा सहित तथा वेपत्ता परिवारका जिल्ला अध्यक्ष तुलसा पाण्डेको बिशेश उपस्थिति रहेको थियोे ।

    लक्ष्मी घिमिरेकाे स्वागत मनतब्यबाट सुरुभएकाे कार्यक्रमकाे अध्यक्षता जिल्ला सदस्य तथा सैनामैना नगर सेक्रेटरी वर्षा जिसिले गरेको कार्यक्रमकाे सञ्चालन  तेजेन्द्र थापाले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।