Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहको 'इमेज' बदल्न स्थानीय मिडियाले भुमिका खेल्नुपर्छ : सांसद विश्वकर्मा

देवदहको 'इमेज' बदल्न स्थानीय मिडियाले भुमिका खेल्नुपर्छ : सांसद विश्वकर्मा

images
  • देवदहको 'इमेज' बदल्न स्थानीय मिडियाले भुमिका खेल्नुपर्छ : सांसद विश्वकर्मा
    images
    images

    देवदह । प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले देवदहको 'इमेज' बदल्न स्थानीय मिडियाले भुमिका खेल्नुपर्ने बताएका छन् । सोमबार देवदहबाट प्रकाशित हुँदै आएको देवदह साप्ताहिकको दशौं स्थापना दिवसमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वमन्त्री समेत रहेका विश्वकर्माले उक्त भनाई व्यक्त गरेका हुन् ।

    images
    images
    images

    परिवर्तनका कैयौं आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएको र राज्यका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने जनशक्ति उत्पादन गरेको देवदह क्षेत्रलाई असुरक्षित स्थानको रुपमा बदनाम गर्ने काम गरिएकोमा दु:ख व्यक्त गर्दै उनले यहाँका मिडियाकर्मीले 'देवदहको बिग्रीएको इमेज' बदल्न भुमिका खेल्न ढिला गर्न नहुनेमा जोड दिए ।

    images
    images
    images

    देवदहमा जस्तै घटना देशका सबै स्थानमा हुने जिकिर गर्दै विश्वकर्माले  बेलबखत हुने छिटपुट घटनालाई निरन्तर दोहोर्याउने नभई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन राजनीतिक नेतृत्व र सरोकारवाला निकायलाई सचेत गराउने दायित्व पनि स्थानीय मिडियाको भएको बताए ।

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य  डा. कृष्ण प्रसाद न्यौपानेले स्थानीय मिडियालाई बलियो बनाउँन स्थानीय पाठकहरूले योगदान गर्नुपर्ने बताए । आफुले विगतमा विभिन्न संचारमाध्ययममा काम गरेको स्मरण गर्दै डा. न्यौपानेले पत्रपत्रिकाहरू स्वतन्त्र, विश्लेषणात्मक र निर्भीक हुनुपर्नेमा जोड दिए ।

    त्यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले नगरपालिका र मातहतका कार्यालयहरूमा हुने गरेका गलत अभ्यासलाई खोज्न र सतहमा ल्याउन मिडियाकर्मीलाई अनुरोध गरे । मिडियाकर्मीहरूले विषयबस्तुको गहिराईमा पुगेर समाचार संकलन गर्न र तथ्यसंगत समाचार सम्प्रेषण गर्न सके इमानदार कर्मचारी र जनप्रतिनिधिहरूलाई काम गर्न समेत सजिलो हुने उनको भनाइ थियो ।

    सो अवसरमा देवदहका राजनीतिकर्मी तथा सामाजिक संघसंस्थाका अगुवाहरू सिद्दिचरण भट्टराई, प्रकाश अर्याल, मोतिलाल ढकाल, टीका न्यौपाने, गुमानसिंह कुँवर लगायतले पत्रीकालाई शुभकामना दिएका थिए ।

    पत्रीकाका प्रकाशक तिलोचन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रीकाका व्यवस्थापक भिम गुरुङको स्वागत तथा सम्पादक राम बहादुर गुरुङको संचालन रहेको थियो । पत्रीकाका अतिथी सम्पादक यम रानाले कार्यक्रमको समापन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।