Logo

२०८३, श्रावण ३०गते


images
images

लिम्पियाधुरासहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

लिम्पियाधुरासहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

images
  • लिम्पियाधुरासहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।

    images
    images
    images

    काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    ‘… त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्बाबाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नुपर्नेछ’ उनले भने, ‘नभन्दै हट्नुपर्‍यो पनि ।’

    images
    images
    images

    सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताए ।

    ‘प्रधानमन्त्रीबाट हटेकामा पीर होइन, देश कता जाँदैछ, त्यसमा पीर लागेको छ’ पूर्वप्रधानमन्त्री ओलीले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।