सुमन गाहा, पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले कोभिडको संक्रमण बढ्दै गएकोले सचेत हुन पालिकावासीलाई अपिल गरेको छ । पालिकाका अध्यक्ष सन्तोष कुमार थापा एक अपिल सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
नयाँ भेरियन्ट सहितको कोभिड १९ समुदाय स्तरमा फैलिएको बताउँदै अध्यक्ष थापाले आफुहरु कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि निरन्तर लागिरहेको बताएका छन ।
केही जनप्रतिनिधि र कर्मचारीहरु पनि कामकै दौरानमा संक्रमित भएर होम आइसोलेसनमा भएको जानकारी दिंदै अपिलमा अहिलेको विषम परिस्थितिमा स्वास्थ्यको पूर्ण मापदण्ड पालना गर्न, आत्मबल बलियो बनाउन,
संयमित हुन र जिल्ला प्रशासन कार्यालय, पाल्पाले लागु गरेको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न अनुरोध गरिएको छ ।
साथै, कोभिड ११ को परीक्षण रिपोर्टमा संक्रमित पुष्टि भएकाहरु अनिवार्य होम आइसीलेसनमा बस्न तथा सम्बन्धित वडामा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसंग स्वास्थ्य सल्लाह लिने र सम्पर्कमा रहन
पालिकाले आग्रह गरेको छ । कोभिड १९ पोजिटिभ भएर अक्सिजनको आवश्यकता भएका व्यक्तिहरूलाई माथागढी देवगीर स्थित कोभिड अस्पतालमा भर्ना भई निशुल्क स्वास्थ्य सेवा लिन समेत पालिकावासीलाई गाउँपालिका कार्यालयले सूचित गरेको छ ।
त्यसैगरि हाल दुई वटा एम्बुलेन्सबाट बिरामीलाई सेवा दिईरहेकोमा एम्बुलेन्सको अभाव हुन नदिन गाउँपालिका अध्यक्षले प्रयोग गरेको गाडी नं. ग १ का ३५६ को गाडीलाई समेत एम्बुलेन्सको रूपमा प्रयोग गर्न अध्यक्ष स्तरको निर्णय भएकाले जानकारी दिंदै एम्बलेन्स आवश्यक परेमा निम्न नम्बरमा सम्पार्क गर्न अनुरोध गरिएको छ ।
चालक मनोज सिंजाली सम्पर्क न. ९८५७०७९११३
चलाक बालक मनोज पन्थी सम्पर्क नं. ९८५७०७९११४
चालक बालक रमेश नामिन्द्राने सम्पर्क न. ९८५७०७९१०१
भू. पू. सैनिक झडेवाबाट संचालित एम्बुलेन्स
चालक बालक गमानसि दलांमी सम्पर्क न. ९८४१५०८०५०
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology