Logo

२०८३, आश्विन ९गते


images
images

कोरोना संकट

आईसोलेसन सञ्चालनमा प्रशासनले असहयोग गरेकाे नगरपालिकाकाे आराेप

आईसोलेसन सञ्चालनमा प्रशासनले असहयोग गरेकाे नगरपालिकाकाे आराेप

images
  • सेतोमसी सहकर्मी
  • आईसोलेसन सञ्चालनमा प्रशासनले असहयोग गरेकाे नगरपालिकाकाे आराेप
    images
    images

    नन्दु यादव, नवलपरासी ।  पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालीकाले सञ्चालन गर्न लागेको आईसोलेसन सेन्टर व्यवस्थापन कार्यमा स्थानिय प्रशासनले सहयोग नगरेको नगरपालीकाले जनाएको छ  । 

    images
    images
    images

    रामग्राम नगरपालीका वडा न– ४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा  नगरपालीकाले   अख्सिजन सहितको २० शैयाको  साथै ( २ शैया एचडियू समेत  छिट्टै सञ्चालनका  ) आईसोलेसन सेन्टर सञ्चालनको अन्तिम तयारीमा छ  ।  

    images
    images
    images

    यद्यपी  सञ्चालनको अन्तिम तयारीमा रहेको आईसोलेसन सेन्टरबाट नगरपालिकाको समवन्य विना सोमवार राती एकाएक सेन्टरमा भएको सबै अख्सिजन सिलण्डर प्रशासनको टोलीले  कब्जामा लिएपछि आईसोलेसन सेन्टर व्यवस्थापन कार्यमा स्थानिय प्रशासनले  सहयोग नगरेको स्पष्ट भएको नगरपालीकाको दावी छ  ।

    images
    images
    images

    आईसोलेसन सेन्टरमा जडान गर्न राखीएको   सिलीन्डरहरु स्थानिय प्रशासनले नगरपालीका का जनप्रतिनिधी वा कर्मचारी कसैसंग  पनि समवन्य नगरी लगेपछि  आईसोलेसन सञ्चालनमा समस्या उत्पन्न भएको  नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो  । 

    सोमवार राती जिल्ला प्रशासन  , प्रहरी र प्रदेश सभा सदस्य बैजनाथ जयसवाल  लगायतको टोलीले  आईसोलेसन सेन्टरमा  चावी लगाईएर राखिएका १० वटा भरिएका अख्सिजन सिलीण्डर र ४० वटा खाली सिलीन्डरहरु नियन्त्रणमा लिएको थियो   । 

    रामग्राम नगरपालीका वडा न– ४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा  तयार गरिएको आईसोलेसन सेन्टरमा जडान गर्न राखिएको अख्सिजन सिलीन्डरहरु प्रशासनले  लागेपछि अहिले आईसोलेसनसेन्टर सञ्चालनमा समस्या आएको हो  । 

    कोविड १९ संक्रमीत विरामीहरुले  टेलिफोन मार्फत पटक पटक आईसोलेसन सेन्टरमा आउनका लागि  सम्पर्क गदैआएको नगरपालीकाले जनाएको छ  ।  आईसोलेसन सेन्टरमा जडान गर्न राखेको सबै अख्सिजन सिलीण्डर प्रशासनले कब्जा गरेर लगेपछि त्यहाँ अख्सिजन सिलीण्डरको अभावमा आईसोलेसन सेन्टर सञ्चालनमा आउन सकेको छैन् । नगर प्रमुख गुप्ताले भन्नुभयो “कसरी बिरामीलाई आईसोलेसन सेन्टरमा राख्ने हामीलाई ठुलो समस्या भयो प्रशासनले उपलब्ध गराएको सिलीण्डर पनि रात रात हामीलाई  थाहै नदिई कव्जा गरी लग्यो अब हामीले के            गर्ने ” । 

    नगर प्रमुख  गुप्ताले भन्नुभयो प्रशासनले रामग्राम नगरपालीकालाई उपलब्ध गराएको खाली अख्सिजन सिलीण्डर मध्ये १० वटा  सिलीण्डर हामीले पहल गरेर ग्याउ उद्योगबाट भरेर ल्याएपछि आजबाटै  आईसोलेसन सेन्टर सञ्चालन गर्न लागेको थियौँ तर प्रशासनले हाम्रो समवन्य विना सबै अख्सिजन सिलीण्डर  लगेपछि आईसोलेसन सेन्टर सञ्चालनमा समस्या भएको नगर प्रमुख गुप्ताको दावी  छ  ।  

    आईसोलेसन सेन्टरको सुरक्षाका निमित्त २४ घण्टै नगरप्रहरी परिचालन गरिएको रामग्राम नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो  ।   

    यस वारे प्रमुख जिल्ला अधिकारी  धमेन्द्र मिश्रले उक्त अख्सिजन सिलीण्डर प्रशासन कार्यालयमा  झार्नुपर्नेमा भुलवस आईसोलेसन सेन्टरमा पुगेकाले सुरक्षाको दृष्टिकोणले  प्रशासनले नियन्त्रणमा लिएको दावी गर्नुभयो  । उहांले भन्नुभयो सबै अख्सिजन सिलीण्डर जिल्ला प्रशासनमा संकलन हुन्छ र आवश्यकता आधारमा जिल्ला भित्रका विभिन्न अस्पताल तथा आईसोलेसन सेन्टरहरुमा पठाउने योजना रहेको छ  । साथै रामग्राम नगरपालीकाले सञ्चालन गरेको आईसोलेसन  सेन्टरकालागी आजै १० वटा अख्सिजन सिलीण्डर पठाउन लागेको  प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो  । 

    रामग्राम नगरपालीकाले परासी  सञ्चालन गर्न लागेको  सुविधायुक्त आईसोलेसन सेन्टरमा तत्कालै  अख्सिजन सिलीन्डरहरुको व्यस्थापन हुन नसक्ने हो भने  आईसोलेसनमा आउने बिरामी बिचल्लीमा पर्ने निश्चित छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।