गुल्मी । नेपालको पहाडी भुभागमा उत्पादित कृषि उपजको मुल्य श्रृङ्गलामा आधारित व्यापार उत्पादन र बजारिकरण गर्दै आएको रुरुक्षेत्र गाउपालिकाको वार्ड नं ४ बलेटक्सारमा प्रधान कार्यालय रहेको पैचो पसल प्रालिले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ ।
यस पैचो पसल प्रालीले क्वालिटि म्यानेजमेन्ट सिस्टम अनुसार व्यवसायीक गतिविधी गरे वापत ISO 9001:2015 खाध्य सुरक्षा व्यवस्थापन गरे वापत ISO 22000 2018 पैवो प्रसोधन केन्द्र रिडि गुल्मीद्वारा उत्पादित पैचो ब्रॅण्डका उत्पादनहरु विष्व स्वास्थ्य संगठनको खाध्य मापदण्ड अनुसार गरे वापत WHO-GMP(G00d manufacturing Practice) Hazard analysis and critical control point (HACCP) को मान्यता प्राप्त गरेको खुसि तपाई संग साट्न पाउदा हामी उत्साहित भएका छौ ।
नेपाल बाहिरका विभिन्न देशमा समेत उपभोक्ताको रोजाई बनेको पैचोका उत्पादनले अन्तराष्ट्रिय गुणस्तर चिन्ह पाए संगे उपभोक्ताको रोजाईमा अझै बढि पनेए विश्वास हामीले लिएका छौ । खास गरि बजारमा उपलब्ध सामाग्रीमा उस्ले प्राप्त गरेका गुणस्तर चिन्हले खास महत्व राख्दछ । आफुले उपभोग गर्ने सामाग्रीको गुणस्तर कस्तो छ अनी थाहा पाउने ने सामाग्रीमा उल्लेखित चिन्हहरूले हो । ISO, HACCP, WHO GMP लगाएतका अन्तराष्ट्रिय चिन्ह प्राप्त गरे संगै पैचोका खाद्य उत्पादनहरू अन्तराष्ट्रिय मापदण्डका छन् भन्ने प्रमाणित भएको छ ।
नेपालका पहाडी भुभागमा उत्पादन हुने उच्च गुणस्तरिय कृषि उपजको प्रशोधन गरि उत्पादित पैचोका उत्पादनले अन्तराष्ट्रिय चिन्ह प्राप्त गर्नु पैचो पसल र यस्को उपभोत्ताका निम्ती मात्रै होईन किसानका लागी अभ गौरवको विषय हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology