२९ बैशाख काठमाडौ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव आफन्तले ब्यबस्थापन गर्न पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै कोभिड संक्रमितको मृत्यु भई शव व्यवस्थापन गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी मलामी सहभागी नहुन आग्रह गरेको हो ।
संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने मन्त्रालयको भनाइ छ । यद्यपि २५ भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सहभागी हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
यसरी अन्त्यस्टी गर्न सम्भव नभएमा कोरोना बाट मृत्यु भएकाको शव ब्यबस्थापन नेपाली सेनाले गर्ने भएकोले सोही अनुरुप गराउनुहुन भन्दै निर्देशन दिंदै अनुरोध गरेको छ । यस अघि कोरोना संक्रमण बाट मृत्यु भएकाको शव नेपाली सेनाले ब्यबस्थापन गर्दै आइरहेको थियो । मृतकका आफन्तले समेत ब्यबस्थापन गर्न पाएका थिएनन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology