राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले नव आगन्तुक विद्यार्थीका लागि स्वागत सङ्गै एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
भर्खरै कक्षा १० उतिर्ण गरेका विद्यार्थीका लागि अबको विद्यार्थी जीवन कसरी समुज्वल बनाउने भन्ने विषयमा विद्यार्थीहरुलाइ प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख धुर्वप्रसाद खरेलले विद्यार्थीहरुको जीवन सफल बनाउन असल शिक्षक र एक असल शिक्षालयको भुमिका महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा बहादुर खत्रीले आफुले कक्षा सातमा अध्ययन गर्दा नै दुधको व्यापार गर्दै पढ्दै गरेको कुरा स्मरण गर्दै विद्यार्थीलाई अध्ययनसंगै श्रमसंग पनि जोडिन आग्रह गरे ।
त्यसैगरी देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका संस्थापक प्राचार्य बिष्णु पौडेलले बिद्यार्थीहरुले सगरमाथा रोज्नु भनेको सगरमाथाकै शिखरमा पुग्नु सरह रहेको बताएका थिए ।
सगरमाथा आवसिय माविका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले आफुहरुले विद्यार्थीहरुलाइ किताबी ज्ञानमा भन्दा व्यवाहारिक ज्ञानमा प्रोत्साहित गर्दै साच्चै नै सगरमाथामा अध्ययन गर्दा कुनै पछुतो नलाग्ने बनाउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा रहेका वरिष्ठ वक्ता डा. तारा गिरिले विद्यार्थीलाई विद्यार्थीले अबको आफ्नो विद्यार्थी जीवनमा उच्च शिक्षा र सफलताका लागि कस्ता कस्ता काम गर्नु पर्छ भन्ने बारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रम स्वर्णिम सगरमाथा कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता तथा सोही कलेजका शिक्षक प्रदिप अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology