Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा आवासीय माविद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

सगरमाथा आवासीय माविद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

images
  • सगरमाथा आवासीय माविद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७ ले अभिभावकहरुलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई सचेतना अभिमुखीकरण कार्यक्रम गरेको हो । 

    images
    images
    images

    कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीहरुको आनीबानीमा अभिभावकहरु सचेत हुनु पर्नेमा जोड दिए  । विद्यार्थीहरुलाई विद्यालयमा पठाएर मात्र नहुँने भन्दै उनले उनीहरुको व्यवहारमा पनि ध्यान दिन आग्रह गरे । विद्यार्थीहरुको गुणस्तर शिक्षाको लागि अभिभावकहरुको महत्वपूर्ण भूमिका हुने हुँदा अभिभावकहरु सचेत हुनुपर्नेमा उनको भनाई छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका–७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीले शिक्षाको विकासमा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए । राज्यले सामुदायिक विद्यालयमा लगानी गरेपनि सोहि अनुसार प्रतिफल आउन नसकेको बताउँदै अध्यक्ष अधिकारीले गुणस्तरीय  शिक्षाको लागि अभिभावकहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिए  । 

    images
    images
    images

    प्रस्तोता डिआर पराजुलीको सहजीकरण रहेको  कार्यक्रम शिक्षक प्रदीप अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा आवासीय मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।