देवदह । देवदह नगरपालिका ७, शितलनगरस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयले २९ औं बार्षिकोत्सव मनाएको छ । आइतबार एक कार्यक्रमबीच विद्यालयले २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको हो।
बार्षिकोत्सव समारोहको उद्घाटन समारोहमा बोल्दै व्यवहारिक प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शिक्षाले मात्र स्वरोजार सृजना गर्ने बताए। सांसद विश्वकर्माले दक्ष जनशक्ति उत्पादनमा नीजि क्षेत्रको महत्वपुर्ण भूमिका रहेको भन्दै विद्यालयको प्रशंसा गरे । विद्यार्थीहरुको रुचीको पहिचान गरी वालवालिकालाई पठन पाठन गराउनु पर्नेमा जोड दिंदै उनले गुणस्तरिय शिक्षाको लागि शिक्षा नीति आवश्यक रहेकोले सवै क्षेत्रको सुझावको आधारमा शिक्षा नीति बनाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य आषिशकुमार चौधरी, जानकी न्यौपाने, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, पुर्व नगर प्रमुख हिराबहादुर खत्री, एन प्याव्सनका केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेल, एन प्याव्सन लुम्विनी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना, नगर प्रवक्ता गणेश डुम्रे, देवदह-७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, महामाया भवानी माध्यमिक विद्यालयका प्रार्चाय ऋषिश्वर अर्याल, सगरमाथा क्याम्पसका अध्यक्ष ऋषिराम सापकोटा, नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याव्सन रुपन्देहीका सचिव वावुराम बन्जाडे लगायतले बोल्दै प्राविधिक शिक्षाको लागि नीजि क्षेत्रलाई पनि अनुमति प्रदान गर्नुपर्नेमाजोड दिएका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रार्चाय कृष्णप्रसाद पौडेलले विद्यालयले हजारौ विद्यार्थीहरुलाई पठन पाठन गराएको बताए।सगरमाथा आवासीय माध्यमिक विद्यालयले कयौ दक्ष जनशक्ति उत्पादन गरेर अहिले व्यवसायीमा लागिरहेको उल्लेख गरे ।
सो अवसरमा समाज रुपान्तरणमा योगदान पुर्याए वापत देवदह अपाङ्ग सेवा समाजका अध्यक्ष वालकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो भने पत्रकार गोविन्द घर्तीलाई शैक्षिक पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक पुरस्कार तथा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुदका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्याल, हास्यकलाकार शेरबहादुर गुरुङ्गले आ-आफना गीत तथा व्याग्यात्मक प्रस्तुत गरेका थिए ।
विद्यालयका सहप्रार्चाय लेखनाथ काफ्लेको स्वागत, प्रदीप अधिकारीको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology