Logo

२०८३, श्रावण ३०गते


images
images

महावीर पुनलाई भेटेर अर्थमन्त्रीले भने - कृषि औजार कारखानाको अध्ययन गरेर सुझाव दिनुस्

महावीर पुनलाई भेटेर अर्थमन्त्रीले भने - कृषि औजार कारखानाको अध्ययन गरेर सुझाव दिनुस्

images
  • महावीर पुनलाई भेटेर अर्थमन्त्रीले भने - कृषि औजार कारखानाको अध्ययन गरेर सुझाव दिनुस्
    images
    images

    काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सिंहदरबारमा आज साेमवार भेटवार्ता भएको छ । 
    भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न अनुरोध गरेका छन् । 

    images
    images
    images

    सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले ती कारखानाको अहिलेको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो । ‘कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभइ कृषि औजार आविष्कार केन्द्रको रूपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको छ’, उनले भने ।

    images
    images
    images

    भेटमा केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरूको उत्पादन गर्ने, मर्मत गर्ने तथा नयाँ उपकरणहरू आविष्कार गर्ने बताएका थिए । 

    images
    images
    images

    पुराना कारखानालाई पुनर्जीवन दिइ ती ठाउँमा कृषि औजार आविष्कार केन्द्र बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउँदै पुनले भने, ‘कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरू समेत निर्माण गर्छ ।’ 

    कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने गरी आधुनिकीकरण गर्न सकिने आविष्कार केन्द्रका अध्यक्ष पुनको भनाइ छ ।

    सो क्रममा अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनको सुझावअनुसार सरकारले छिटै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।