Logo

२०८३, श्रावण ३०गते


images
images

कपिलवस्तुमा तिन-छठ्ठी पर्व मनाईदै 

कपिलवस्तुमा तिन-छठ्ठी पर्व मनाईदै 

images
  • सेतोमसी सहकर्मी
  • कपिलवस्तुमा तिन-छठ्ठी पर्व मनाईदै 
    images
    images

    प्रिन्स मिश्रा ,कपिलवस्तु ।  पश्चिम तराईकाे मधेशी समुदायका आमाहरुले हिन्दु धर्म अनुसार नयाँ लुगा लगाई आफ्नो छोराहरुको सु-स्वस्थ, दीर्घायुको कामना गर्दै आज एक दिने बिशेष पुजा-पाठ गर्ने गर्छन । 

    images
    images
    images

    आमाहरुले तिन-छट्ठी पर्व परम्परागत रुपमा मनाउदै आईरहेका छन। स्थानीय बृद्ध, पण्डित र जानकार अनुसार यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ललही छठको तिथीमा मनाइने गरिन्छ ।

    images
    images
    images

    यस पर्वमा घाँसे  कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्ने गरिन्छ। 

    images
    images
    images

    ब्रत बस्ने आमाहरुले बिहान देखी गौधुली साँझसम्म निराजल रही साँझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दहीसंग खाने गर्छन।

    तिन-छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न-जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।

    व्रतालु महिलाहरू घरभन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा-कहानी भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।