काठमाडौं । बर्षौंसम्म एमालेको नेतृत्व गरिसकेको अनुभवी र आफुभन्दा सिनियर नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतलाई अपमान गर्दै र पेलेरै अगाडि बढिरहेका एमाले अध्यक्ष केपी ओली अन्ततः माधव झलनाथ समूहको अगाडि लम्पसार परेका छन् ।
आज बसेको ओली समूहको बैठकले चार नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
यस अघि पार्टी असन्तुष्ट पक्षले वारम्बार पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किनुपर्ने र नयाँ आधारमा नयाँ एकता गर्नु पर्ने माग राख्दै आएपनि माओवादीले कार्वाही गरिसकेका रामबहादुर थापा लगायतलाई काँधमा बोकेर ओलीले माधव झलनाथहरुलाई बेवास्ता गर्दै आएका थिए ।
तर गत सोमबार प्रतिनिधि सभामा अनुपस्थित रहेर माधव झलनाथले आफ्नो पावर देखाईदिएपछी ओली अन्ततः झुक्न बाध्य भएका हुन् ।
ओलीको यो निर्णयसंगै एमालेमा नयाँ तरङ्ग उत्पन्न भएको छ । यद्यपि ओली अझैपनी इमान्दार नभएको र माधव झलनाथ पक्षलाई झुक्याउने नयाँ चाल भएको राजनीतिक बिश्लेषकहरु बताउँछन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology