Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

माथागढिका अध्यक्षले आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाए, ४ एम्बुलेन्स २४सै घण्टा चल्ने

माथागढिका अध्यक्षले आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाए, ४ एम्बुलेन्स २४सै घण्टा चल्ने

images
  • सेतोमसी सहकर्मी
  • माथागढिका अध्यक्षले आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाए, ४ एम्बुलेन्स २४सै घण्टा चल्ने
    images
    images

    सुमन गाहा, पाल्पा ।  जिल्लाको माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउनु भएको छ । कोरोनाबाट संक्रमित बिरामीहरु एम्बुलेन्सको समस्याले उपचारका लागि अस्पताल जान समस्या नहोस भन्नका लागि अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको १ झ ३५६ नम्वरको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएको बताउनुभयो । 

    images
    images
    images

    कोरोना संक्रमित बिरामीलाई घरबाट गाँउपालिकाले निर्माण गरेको आइसोलेसन वेडमा उपचारका लागि पु-याउन र गाँउपालिकामा उपचार हुन नसकेर रेफर भएका बिरामीलाई अस्पताल सम्म पु-याउन र ल्याउनका लागि प्रयोग गरेको अध्यक्ष थापाले बताउनुभयो।

    images
    images
    images

    माथागढी गाउँपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा रहेका छन् । अध्यक्ष चढ्ने एक गाडी र भूपू सैनिकको समेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्ने ब्यवस्था मिलाइएको उहाले बताउनुभयो । 

    images
    images
    images

    यी गाडीहरु २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो।उहाले भन्नु भयो यस्तो विषम परिस्थिती कोरोना कहरको अवस्थामा आफु सधै गाँउवासीको सेवामा सदैव समर्पित हुने अध्यक्ष थापाले बताउनुभयो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथागढी
  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।