घरबाट निस्कनु भन्दा पहिला जताततै हेर्यो। एक्लो मान्छे।खान बस्न कुनै समस्या थिएन। पेन्सेनले आफ्नो खर्च चलिरहेको थियो। लामो समय नोकरी गर्दा देशका सबै जसो ठाउँ घुमेको उ। उमेर पनि बल्ल चालीस बर्ष। पेन्सनको पाक्ने समय हुने बित्तिकै परिवारसंग रमाउन अवकास लियो उसले। दुर्भाग्य त्यस्तो हुन सकेन। वर्षाको पहिरोमा परी सबै सन्तान नैं मृत्युको मुखबाट बाँच्न सकेनन्। संजोग त्यो दिन, उ घरबाट बाहिर थियो।
त्यो दुर्घटना भएको पनि एकवर्ष बितिसकेको थियो। एक बर्ष बितेपनि उसलाई पिडाले छोडेन। अनि घर छोड्ने निर्णय गर्यो । घरपनि ठाउँ ठाउँमा भत्किएको थियो। त्यही भत्किएको घर जस्तै भएको थियो,'उसको मन' पनि । भत्किएको घरबाट धूलो माटोले भरिएको तस्बिर झोलामा राख्यो। घरलाई एकपल्ट गहिरिएर हेर्याे र बाटो लाग्यो।
गाउँबाट नेटो काटेर शहर पुग्नेबेलामा सानो चोक थियो।जागीरको सिलसिलामा उ धेरै पल्ट त्यहाँ बसेको पनि थियो। आजको रात यतै बिताउने विचार गर्यो ।
रात झम्मक परेको थियो। ताराहरु कताकति देखिएका थिए। मौसमी बादलहरु तारासंग लुकाछिपी खेल्दैथिएँ।ओहो! सर कता हिँडनु भएको? रात परिसक्यो। आज यतै बास बसौ। पहिला आउँदा देखिरहने कोइलीको आवाज कानमा ठोकियो। आहा ! कति मिठो बोली, 'उसको मन छोयो। उसलाई पनि बास त बस्नु नै थियो। खान र बास बसेको कति लिन्छौ नी,"साँझको पाहुना देउता बराबर भन्छन", हजुरको इच्छा । खाना र बास मात्रकी अरुपनि सर। कोइली मस्किन् । उसले पछिल्लो प्रश्नको उत्तर दिएन।
लामोबाटोबाट थाकेर आएकोले बढी मोलमोलाई गर्न चाहेन। कोइलीले कोठा देखाईन्। कोठा सुन्दर नै थियो।भित्ताका तस्बिर बने अश्लिल जस्ता देखिन्थे। जसले गर्दा कताकता असहज महसुस गरेको थियो। अर्काको कोठामा बस्दा जस्तो छ। उस्तैमा चित्त पनि बुझाउनु पर्यो। कोइली मुसुक्क मस्की र भनी,'खान के बनाऊ।' कोइलीको सुमधुर आवाजमा आफ्नी पत्नीको आवाज मिसिएको जस्तो लाग्यो। उ एकोहोरो हेरिरह्यो। किन टोलाउनु भयो, कोइलीको कम्बर लाइटको उज्यालोमा सुन्दर देखिएको थियो। त्यहाँबाट ध्यान हटाउँदै, 'पहिला एक बोतल र सितन् दिनुन।' उसको जवाफ पछि कोइली मुसुक्क हाँस्दै कोठाबाट निस्की।
उ बाथरूम भित्र पस्यो। बल्टिको पानी शरीरमा पर्दा रौले ढाकेको शरीर शितलमय भयो। शरीर शितल भएर के गर्नु।मनमा गर्मी नै थियो। भित्ता, भित्तामा हेर्यो। ती पानीका नल, पुरानो टायल, माथिपट्टि रंग उडेको भित्तो। भित्ता भित्तामा आफ्नो रहर झुण्डिएको देख्यो। मन चलमालायो । सल्बलायो । सबै अंग, छाम छामछुम गर्यो। समय बितेको थाहा नै पाएन। 'सर कता हुनुन्छ' कोइलीको आवाजले तर्सियो। आफ्नो अवस्था देखेर शर्मायो। तौलिया हतपत बाँधेर बाहिर निस्कदा कोइली कोठामा, उसको सेवाको लागि तयार थिइन्।
हातको बोतल र खसीको भुटुवा टेबलमा राख्दै भनिन्, 'हजुरको अडर सर' । उसले हस् तिमी जान सक्छ्यौ । उनी जादैगर्दा उसको आँखा एकोहोरो उनी तिर थियो। सायद उ लामो समय सम्म थुनिएको नसालु पीडा उनीमाथि खन्याउन चाहन्थ्यो।
टेबलमा बसेर एक खिल्ली चुरोट जलाउँदै बोतलबाट तुररर हुस्की गिलासमा भर्यो। कोइलीले टेबलमा राखी दिएको भूटुवाबाट मिठो बास्ना आएको थियो। गिलास र उसको मुख बिस्तारै जोडिँदै थाल्यो। रमरम नासले झमझम पार्दैथियो। कोठाका अश्लिल तस्बिर पनि राम्रो लाग्न थाले।गिलासभित्र अब हुस्की भन्दापनि कोइलीको तस्बिर देख्न थाल्यो। अर्धचेतनामा लडीबुडी खेल्न थाल्यो। गिलास टेबलबाट तल पुगेर टुक्रा टुक्रा भयो।आवज सुनेर कोइली कोठामा पुग्दा , "उ कोइलीलाई एकोहोरो हेरिरह्यो।" मानौं उसको सम्मुन्ने कुनै शिकार आएर उभिएको छ।
कोइली टुक्राटुक्रा परेको गिलास उठाउन थालिन्। कोइलीका शरीरका कपडाको अवस्था अलि नै नाजुक थियो। निउरिदा बक्षस्थल आधा उधा*गिएको अवस्था देखियो। सायद कोइली पनि उसलाई मोहित गर्न चाहन्थिन्।कोइलीको हाउँभाउले त्यो कुरालाई दर्साई रहेको थियो।
उ पनि कोइलीको अर्धनग्न शरीरमा आफैलाई टुक्रा टुक्रा पार्न थाल्यो। कोइलीलाई देखेपछि हुस्कीको नसा भन्दापनि यौवनको नसा उम्लिन थाल्यो। उसले तन्नक शरीर तान्यो।भोको सिंह झैं रातो आखाले कोइली तिर निशाना लगायो।टुक्रा टुक्रा परेको गिलास उठाउँदै गरेकी कोइलीको नजिक गएर थ्याच्च बस्यो।
कोइलीले पनि नसालु आँखा र लाली ओठ रहेको मुस्कान उ तिर फालिन। कोइलीसंग त यस्ता घटना दैनिक जसो नै हुने गर्थे। उ झन् नजिकियो। अंगअंगमा विस्फोटन नै भएको स्था थियो। अव धेरै समयसम्म विस्फोट हुन नपाएको अंग कोइलीको हेराइले पोजिसनमा देखियो। नसा र यौवनको शक्ति एकैपल्ट उसको शरीरमा दौडियो।
विगत के थियो, भन्दा पनि उसको अगाडि कोइली र उसका लथालिङ्ग कपडाबाट बाहिर चिहाई रहेका शरीरका अंगहरू उसलाई सबैथोक हो जस्तो लाग्न थाल्यो। कोइलीसंग टासिन पुग्दापनी कोइलीबाट कुनै नकारात्मक प्रतिकिया नआएपछि हिम्मत झन् बढ्यो। कोठाको डिमलाइट र टुटे फुटेका गिलास उनीहरूका क्रियाकलापका दर्शक भए।कोइली भन्दै थिइन,"कत्ति मात्तिनु भएको। "उ बाघको गतिमा कोइली माथि शिकारी बन्न्यो । कोइलीले पनि उ माथी शिकारी पन देखाईन्। कोठाको अवस्था लजायो। बेड मात्र होइन उ र कोइलीको अवस्था पनि लथालिङ्ग-भताभुंग भयो। तड्पिएका मनहरु मिसाइल झैं पड्किएर ध्वस्त भए। उसको मुखबाट सुस्तरी आवाज निस्कियो,"कोइली तिमी सामान्य भन्दा मात्तीएको अवस्थामा परी जस्तो देखिने रहिछौ।" मातिएकी कोइली आफ्ना वस्त्र समाल्न् थालिन्। उ ट्वाल्ल परेर हेरिरह्यो।
- नारायण कोइराला, तानसेन, पाल्पा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology