Logo

२०८३, श्रावण ३१गते


images
images

कथा : 'लजाउने मोरि त नक्कली भइछन्' 

कथा : 'लजाउने मोरि त नक्कली भइछन्' 

images
  • सेतोमसी सहकर्मी
  • कथा : 'लजाउने मोरि त नक्कली भइछन्' 
    images
    images

    विमान स्थलबाट जहाज उडिसकेको थियो । उड्दै गर्दा आकाशमा लागेको बादलको कपास जस्तो दृश्य जहाजको झ्यालबाट देखिएको थियो । जहाज बिस्तारै उचालियो हामी पनिसंगै उचालिंदै थियौँ। बादल बढी नै लागेको हुँदा जहाज  बादललाई छिचोल्दै उडिरहेको थियो । बादलमाथि जहाज पुगिसकेको थियो । झ्यालबाट हेर्दा मनोमोहक दृश्य देखिन्थियो । कपास फिजाएँ जस्तो सेताम्य बादलबाट कताकता हिमाल, पहाडका चुच्चाहरु देखिरहेको थियो । 

    images
    images
    images

    म, मनोमोहक दृश्य आफ्नो क्यामरामा कैद गर्दै थिए । जहाज आफ्नो गतिमा उड्दै थियो । मसंगैको सिटमा बेल्ट बाँधेर एउटी केटी पनि बसेकी थिइन् । अहिले सम्म न म उनलाई हाई भनेको थिए। न त उनी मलाई हेलो । 

    images
    images
    images

    उनको मनमा अलिकति डर भएकाे अनुभव मैले गरिरहेको थिए । मैले उनको मौनतालाई तोड्न हेलो भने । उनी म तिर पुलुक्क हेरिन् । तर केही उत्तर फर्काईनन् । म पुनः थपे किन लजाउनु भएको हो । अब सिट बेल्ट खोल्दा नी हुन्छ । जहाज नर्मल अवस्थामा उडिरहेको छ । उनले आफ्नो सिट बेल्ट खोल्दै भनिन्,"लजाएको होइन हजूर" यति भनी पुनः चुप लागिन् ।
        
    उनको पहिरन पनि त्यस्तै थियो । सामान्य कुर्था-सुरुवालगलामा सल । हातमा पलास्टिकको फित्ता भएको घडी । सानो नोकियाको मोबाइल फोन, सानो ब्याग । एकदुई पल्ट विदेश आऊने ,जाने गरेकी केटी होइनन भन्ने कुरो उनको अवस्थाले वर्णन गरेको थियो । हाम्रो अगाडि एयर होस्टेज सर्विस दिदै आउँदै थिए। म एउटा जुस लिए । उनी भने हेरिरहिन्। एयर होस्टेजले पुनः," सोधिन् के लिने बहिनी ?"उनी म तिर हेर्दै भनिन् यही दिनुन ।उनलाई जुस दिएपछि एयर होस्टेज अगाडि गए ।
         
    हातमा जुस लिएर उनी एकछिन टोलाइन् । "होइन, हजूर यसरी किन एकोरिनु भएको ? अब परदेश लागि सक्नु भएकाे छ । यसरी आफैलाई आफैमा हराए त परदेशमा झन गाह्रो पो हुन्छ त ।" मैले केही ढाडस दिँदै भने । पहिलो अनुभव मन डराइ रहेकोछ" उनले छोटो उत्तर दिइन् ।

    images
    images
    images

    यतिकैमा जहाज हल्लिएको अनुभव भयाे।मौसममा केही खराबी भयको जानकारी आयो ।उनी आतिन थालिन् । अनुहार कालो निलो भयो । सिट बेल्ट बाँध्न भने । उनी भने कापीरहेकी थिईन् ।उनको डर भगाउन म कोसिस गरिरहेको थिए । उनी काप्दै मलाई समाइन् । म उनलाई हेरी रहें । उनको होस् ठेगानमा थिएन् । उनको मुखबाट आवाज आउन खोजिरहेको थियो । जबर्जस्ती आवाज दबाउँदै थिएन । जहाजकाभित्रका मानिसहरू उनलाई हेरिरहेका थिए। म पनि असहज महसूस गर्दैथिएँ । यति साह्रो डराउने यी केटीले परदेश जस्तो ठाउँमा कसरी काम गर्लिन्, मेरो मनमा यहि कुरा खेलिरहेको थियो । 
            
    केही समय पछि जहाज  सामान्य अवस्थामा आयो ।उनले लामो सास लिइन् । बाँचेको जस्तो अनुभव गरिन् । उनका म प्रति अरू लजालुपन आयो ।सायद, उनलाई बल्ल हस् आयो पहिलाको कुरा सम्झिईन् होला । म तिर आँखा जुधाएर हेरकी थिईनन् । नआत्तिनु पहिलो पल्ट यस्तै हो भनेर म एकछिन सुत्ने प्रयास गरे । उनीपनि गलाको सलले मुख ढाकिन । वातावरण सुनसान भयाे ।
            
    एयर होस्टेजले सबैलाई बेल्ट बाँध्न र सिट सीधा गर्न अनुरोध गरिसकेका थिए । मतलब अब हामी आफ्नो गन्तव्य स्थानको नजिक छौ । उनी सुत्दै थिईन् । उनको  मुखबाट सल हटाउँदै उठ्नुस अब जहाज ल्यान्डिङ हुने समय आयो । उनको छोटो उत्तर आयो "हो र?" "हो नी", म थपे हजुरलाई लिन कोही आउँदै छ ?उनले भिसा कपीको पछाडि लेखिएको नम्बर देखाईन् ।
            
    जहाज ल्यान्डिङ भइसकेको थियो । उनले मलाई सहयोग गर्न भनिन् । एउटी नेपाली चेलीको अनुरोधलाई नाई भन्ने कुरो पनि भएन । म उनलाई सहयोग गर्दै बाहिर सम्म पुर्याए । बाहिर उनलाई लिन कम्पनीको मानिस आएको रहेछ । उसले पनि मलाई धन्यबाद दियो । उनी आफ्नो बाटो लागिन, म आफ्नो बाटो । त्यो दिनको हाम्रो यात्रा यहीँ सकियाे। म उनलाई जाँदाजाँदै मेरो नम्बर पनि दिएको थिए।
            
    देश परदेश आउने जाने मेरो यात्रा  चलिरहेको थियो । यसपाली भने म विदेशीबाट घर आउनको लागि एयरपोर्ट आइसकेको थिए । विदेशमा एयरपोर्टको सुन्दरता अलगै किसिमको हुन्छ । टील्लीक टल्किएको मार्वल, कार्पेट, आराम गर्नको लागि राम्रो बेबस्था । त्यस देशको परम्परा झल्काउने तस्बिरहरू । यिनै दृश्य हेर्दै म 'डिउटी फ्री' तिर गएँ । एयरपोर्टमा तोकिएको भन्दा बढी समान ल्याउन नसकिने भएकाेले डिउटी फ्रीबाट केही सामान लाने विचार गरेँ । बाहिर भन्दा अलिकति महँगो भएपनि केही सामान किन्नु नै पर्ने थियो।  चाहिने समान किनेर काउन्टरमा आएको थिएँ।
           
    "ऐ हजूर आराम हुनुहुन्छ।" परैबाट एउटी नारीले बोलाईन् । म काउन्टरबाट उनी भएतिर गएँ । मेरो समान समाउन सहयोग गरिन् । यति बेलासम्म उनको अनुहार पहिचान गरि सकेको थिएँ  । उनले पनि मलाई न बिर्सिएकोमा गर्व गरें । यसपाली म बोल्न परेको थिएन् । उनी आफै प्रश्न अनि उत्तर दिदै थिईन् । "कस्तो संजोग है हजूर ?" उनी थपिन् । "हो नी", मेरो उत्तर थियो । जहाज उड्न अझै केही समय बाँकी भएकोले हामी एयरपोर्टको सोफामा बस्यौ।
           
    उनी नजिकैको  कफी सपबाट दुई कप कफी ल्याइन् । हामी कफी पिउँदै गफ तिर लाग्यौं । उनको  हाउभाउ हेर्दा म आफैं दंग परिरहेको थिएँ ।कफीको चुस्की लिँदै भनिन्,"जिन्दगी सधै एउटै तरिकाले चल्ने रहेनछ।" "त्यो त म देखि रहेको छू ।" मैले हाँस्दै भने । तिमी त धेरै परिवर्तन भइछौ त। कुर्था सुरवालमा सजिएर परदेश लागेकी  तिमी आजभोलि जिन्स पाइन्ट र सुन्दर टी शर्टमा सजिएछौं । सुन्दर लागेकी छौ । तिम्रो त्यो सिंगारिएको  रूपले तिम्रो  सुन्दरताको बयान गरिरहेको छ । उनी म तिर हेरेर मुसुमुसु हाँसिन । न त उनमा कुनै लाज थियो । न त डर । उल्टै हाँस्दै भनिन्, "म अब एउटा सफल सेल्स पर्सन भईसकें " विगत सम्झँदा आफैलाई अचम्म लाग्छ । समय परिस्थितिले मानिसलाई बद्लिन सिकाउँदो रहेछ । म पनि बदलिए । बानी बदलिए पनि मन भने नेपाली नै छ । तर हजूर भने उस्तै हुनुहुँदो रहेछ।सधै सदाबहार । यही एयरपोर्टमा पहिलोपल्ट आउँदा मलाई सहयोग गर्नु भएको थियो । त्यसको लागि आजपनि धन्यबाद् ।" उनले एकै श्वरमा भनिन् । म पनि उनलाई स्वागतम भनें । जहाजभित्र जान यात्रीलाई अनुरोध गरेको आवाज आयो । हामी जहाज भए तिर गयौं । 

    लजाउने मोरि त आजभोलि स्मार्ट पो भइछन् । मेरो मस्तिकमा यही गुन्जिएको थियो ।
          
    - नारायण कोइराला, तानसेन, पाल्पा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायण कोइराला
  • # कथा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।