त्यो गाउँमा हैजा लागिरहन्थ्यो । मानिसहरू भने सरसफाइमा ध्यान दिएका थिएनन । यसपाली पनि हैजाले लखतरान परिरेहेका थिए । गाउँका खोल्सा , कान्ला गनाईरहेको अवस्था थियो ।
शहरबाट स्वस्थ्य टोली आयो। त्यहाँको अवस्था गम्भीर थियो । त्यहाँ उपचार हुन सक्नेलाई त्यही उपचार गरियो।स्थिति नाजुक भएकालाई शहरको हस्पिटल तिर पठाइयो ।
त्यो गाउँमा पहिला पनि स्वस्थ टोली कैयन् पल्ट आइसकेको थियो । जतिपल्ट आउँदा पनि सरकारले बनाई दिएको शौचालयमा समान राखिएको हुन्थियो । दिशा, पिसाफ गर्ने ठाउँ भने खुल्ला आकाशमुनि थियो । मानसिक परिवर्तन आएको थिएन् । यसपाली पनि राम्ररी गाउँलेहरुलाई सम्झाइयो ।
गाउँमा हैजाको प्रकोप कम हुँदै गयो । स्वस्थ टोलीले कैयन प्रयास गर्दा पनि परिवर्तन आएको थिएन् ।
तर यसपालीको हैजाले गाउमा मानसिक बदलाव ल्यायोे । गाउँलेहरू शौचालयमा दिशा पिसाफ गर्न थाले । गनाउने गाउँ सुन्दर सोच्छ देखिन थाल्यो । गाउँका कान्ला, कुना ,काप्चा गनाउन छोडीसकें। गाउँको बाताबरणमा नै स्वच्छताँमा परिवर्तन भयो ।
- नारायण कोइराला, तानसेन, पाल्पा
हाल: यूएई
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology