Logo

२०८३, श्रावण ३०गते


images
images

लघुकथा: 'छोरी'

लघुकथा: 'छोरी'

images
  • लघुकथा: 'छोरी'
    images
    images

    गाउँभरि हल्लाखल्ला मच्चियो । सबै गाउँले उनलाई हेर्न गाउँमा जम्मा भएका थिए । सबैका आ-आफ्ना सुझाव र सल्लाह थिए । कोही भन्थे- "उतै मरेको भए आमालाई दुःख त हुने थिएन ।" 

    images
    images
    images

    कसैले नजिकै गएर जिब्रो टोक्दै फर्कन्थे । कतिपय त सहयोग माग्छन् कि भनेर बाटो काटी हिँड्थे । आमा भने गाउँकै अस्पतालको ओछ्यानमा उनलाई हौसला दिन्थिन् । आमा उनको सामुन्ने कहिल्यै रोएकी थिइनन् । उनका आँखा भने आँसुले रसाइ रहन्थे । 

    images
    images
    images

    विदेशमा कमाउँदा आफन्त र गाउँलेलाई ल्याइ दिएको कोसेली मस्तिष्कमा आइरहन्थे । ती सम्झना मस्तिष्कमा दबाएर मौन बस्थिन् । उनी शारीरिक रूपमा अपाङ्ग भइन् । 

    images
    images
    images

    उनको एउटा हात नै रहेन । गाउँलेहरूले सोचे कि उनको जीवन नै सकियो ।

    गाउँलेको सोचले उनलाई कुनै फरक पारेन । उनले परदेशबाट ल्याएको सीप गाउँमै सुरु गरिन् । गाउँमा धेरैले रोजगारी पाए । अहिले पूरा गाउँको सोच र दृष्टि परिपर्तन भएको छ । 

    उनी आमाकी मात्र साहसी छोरी होइनन् । अहिले उनी पूरा गाउँकी छोरी साबित भएकी छिन् ।  

    नारायण कोइराला
    तानसेन, पाल्पा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।