Logo

२०८३, श्रावण ३०गते


images
images

लघुकथा

शिवजीको प्रशन्नता

शिवजीको प्रशन्नता

images
  • शिवजीको प्रशन्नता
    images
    images

    मेरो भिसा लागेपछि उनको सपना पनि पुरा भयो । म कतार पुगेर केही कमाउन शुरु गरेपछि पूर्व योजना अनुरूप छोराछोरी पढाउन उनी शहर पसिन् । कमाइको केही हिस्सा घरमा आमावुवालाई र अधिक हिस्सा उनलाई पठाउने गरेको थिएँ ।

    images
    images
    images

    गाउँमा जन्मे हुर्केकी उनी शहरमा क्रमश: समायोजन हुँदै थिइन् । शहरीया साथीहरुको संगतले रहनसहन र फेसनमा पनि परिवर्तन आइरहेको थियो । पहिले पहिलेभन्दा पैसाको माग पनि बढिरहेको थियो । यता मलाई भने माग बमोजिमको आम्दानी पुर्याउन हम्मेहम्मे परिरहेको थियो । छोराछोरीको भविष्यको मिठो सपनाले ओभर टाइम ड्यूटीको थकाइ समेत बिर्साइदिन्थ्यो ।

    images
    images
    images

    यसपटक फेरी नियमित पठाउने भन्दा थप पैसाको माग गरिन्।
    "किन चाहियो थप पैसा ?" मैले प्रश्न गरेँ।
    "श्रावणको महिना म तिम्रो लागि व्रत बसेकी छु । हरेक सोमवार साथीहरुसँग विभिन्न शिवालय पुग्ने गरेकी छु । शिवजीलाई प्रशन्न गराउन हरियो साडी, ब्लाउज, पोते, चुरा, नङ पालिसदेखि लिएर जम्मै सेट नयाँ किन्नु पर्यो नि । साथीहरुले कति महङ्गा महङ्गा साडीहरु किनेका छन् ,मैले त अझ कमै गरेकी छु।"- उनले जवाफ दिइन् ।
    "साथीहरुको लहैलहैमा लागेर धेरै खर्च नगर,घाँटी हेरेर हाड निल्नु पर्छ । बरु छोराछोरीको पढाइमा अलि लगानी बढाउँदा हुन्छ । विदा मिल्यो भने म पनि यसै महिना आइपुग्छु अनिसँगै दर्शन गरौँला शिवजीको।" - मैले सम्झाउँदै भने।

    images
    images
    images

    विदा मिलाएर म नेपाल फर्किएँ । उनी मलाई लिन विमानस्थल आएकी थिइन् । प्रतीक्षालयमा पर्खेकी उनलाई मैले ठम्याउनु अघि नै उनले मलाई अङ्गालो हालेर स्वागत गरिन् ।
    म आश्चर्य चकित भएँ।
    "हैन् के टोलाइ रहेको ?" - उनले प्रश्न गरिन्।
    "शिवजी पूर्ण प्रशन्न भए जस्तो लागेन ।" - मैले जवाफ दिएँ।
    "किन?" - उनले सोधिन्।
    "तिम्रो साडी, व्लाउज, चुरा, पोते, टिकी, लिपिष्टिक सबै हरियो । बावियोको गाँज जस्तै कपाल समेत हरियो बनाउँदा आँखीभौँ चाहिँ किन त कालो? त्यो त अशुभ भयो नि, अनि कसरी पूर्ण प्रशन्न हुन्छन् शिवजी ?"- मैले ठट्यौलो भाव प्रकट गरेँ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।