Logo

२०८३, श्रावण ३०गते


images
images

लघुकथा

लघुकथा : प्रभाव

लघुकथा : प्रभाव

images
  • लघुकथा : प्रभाव
    images
    images

    बाइक रोकेँ ।
    पार्किङ्गमा मिलाएर राखेपछि भवन नियालेँ । भाटभटेनीको भव्य भवन तोडफोड भएर क्षतविक्षत भएको रहेछ ।
    मर्मत कार्य पनि चल्दै रहेछ ।
    किनमेलको लागि मान्छेहरुको आवतजावत पनि बाक्लै देखियो ।
    म पनि घरायसी सामान किनमेलकै लागि पुगेको थिएँ ।
    पार्किङ्ग स्थलबाट परिसर हुँदैभित्र जाँदै थिएँ । दुईजना नानीबाबुहरु आइसक्रिम चुस्दै बाहिरिदैँ गरेको देखेँ ।
    अन्दाजी बाह्र वर्षकी नानी र सात वर्ष जतिको बाबु थिए।उनीहरु आफ्नै सुरमा कुराकानी गरिरहेका थिए ।
    यत्तिकैमा उनीहरुसँग क्रस भएर अगाडि बढ्दा मेरो कानमा एउटा आवाज ठोक्कियो ।
     “आज पनि आन्दोलन भएको भए त हाम्ले पनि सामान लैजान पाइन्थ्यो, हैन् दिदी ?

    images
    images
    images

    मित्र 'उराठी' गौतम
    अमरपुर गुल्मी, हाल: तिलाेत्तमा न पा-२, रुपन्देही 
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।