Logo

२०८३, श्रावण ३१गते


images
images

कविता : सपना

कविता : सपना

images
  • कविता : सपना
    images
    images

    कोही भोटको बुइँ चडेर 
    संसद भवन जाने सपना बुनीसके 
    हिजो नमस्कार गरी खिसिक्क हाँस्नेहरु
    झुलुक्क देखें पनि मुन्टो बाटार्ने भैसकें 
    मज्जा संग विरोधी देखिनेहरु 
    एउटै टेबलमा हाँसेका छन
    झोला र झण्डा बोक्नेहरु
    अब पाखा लागेका छन
    कती बेला परिणाम आउँछ भन्दै
    कुर्नेहरु गाँउशहर लागेका छन
    तर,
     त्यहाँ नजिकैको अर्को दृश्य भने
    जस्ताको तस्तै छ 
    झन भीडभाड बढेको छ
    लाइनको लम्बाई तन्केको छ 
    नत ती कसैको बुइँ चढ्न सके 
    न कसैको झोला बोक्न सिके
    त्यसैले,
    ती त केवल बुइँ चडेर 
    संसद भवन जानेहरुको
    तलब भत्ता जोहो गर्न 
    परिवारको पेट पाल्नको लागि 
    पासपोर्ट बनाउँदै छन
    जुन पासपोर्टमा श्रम सम्झौता गरी
    जहाजमा उडने  सपना बुनेका छन

    images
    images
    images

    - नारायण कोइराला 
    तानसेन,पाल्पा

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायण कोइराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।