Logo

२०८३, श्रावण ३१गते


images
images

कविता: लाग्छ ! देशलाई नै सहिद बनाउँछ

कविता: लाग्छ ! देशलाई नै सहिद बनाउँछ

images
  • कविता: लाग्छ ! देशलाई नै सहिद बनाउँछ
    images
    images

    मेरो लागि गोली खाने सहिदको कुनै महत्त्व नहुँदा
    आज सहिद दिवस भनेर हल्ला खल्ला नसुन्दा
    नेताको लागि लाखौं सडकमा उत्रिएको देख्दा
    सहिदको सालिक अगाडि सुन्यता छाएको देख्दा

    images
    images
    images

    लाग्छ म यही सहिद जन्मेको देशको नागरिक हुँ र?
    जसले आफू मरेर भएपनि देश र प्रजातन्त्र बचाउँछ
    आज त्यही सहिदको बलिदान कुच्दै अर्कैले देश चलाउँछ 
    जहाँ भोक,रोग र शोकले सहिदको परिवार गलाउँछ

    images
    images
    images

    सहिदलाई वर्षको एकपल्ट फूलमाला चढाउँछ
    तिनै सहिदका परिवारलाई खाडी र मलेसिया पठाउँछ
    फेरि तिनैलाई परदेशमा सहिद बनाएर शासन चलाउँछ
    अनि उल्टै सहिदको महिमा गाउँदै संसद भवनमा कराउँछ

    images
    images
    images

    न त्यो आवाज खाडी मलेसियामा जहाज चडेर पुग्दछ
    न नेपालमा मै गिट्टी कुट्ने सहिदको परिवारले सुन्दछ
    मात्र मुठीभर शासकले यो देश बाँडीचुँडी चलाउँछ
    लाग्छ एकदिन शासकले देशलाई नै सहिद बनाउँछ।
    नारायण कोइराला
    तानसेन,पाल्पा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायण कोइराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।