Logo

२०८३, श्रावण ३१गते


images
images

कविता : निष्ठुरी बर्षात्

कविता : निष्ठुरी बर्षात्

images
  • सेतोमसी सहकर्मी
  • कविता : निष्ठुरी बर्षात्
    images
    images

    कविता : निष्ठुरी बर्षात्

    रिमझिम पानीको रमाइलो पन
    गर्मीको तपतप पसिनाबाट राहत हुने आश
    थोपा,थोपा पानीले जमीन भिज्दा
    किसानको मनमा रमाइलोको बास ।।

    हिजो बर्षात नभएर किसानको आखाँमा
    आँसुको बर्षात भै रहयो
    आज अर्विरल बर्षातले उनैको आशा टुट्यो
    उर्लिएको त्यो बर्षात नै समस्याको जड बन्यो ।।

    आखामा आँसु मनमा पीडा एक साथ दियो
    जमीनलाई बर्षातले आफ्नो साथ लियो
    हराभरा गाउँ बेसी उजाड बाउँदै गयो
     फाँटहरू र अग्ला पहाडको नक्सा बदलियो ।।

    साना तिना छाप्र देखि गाउँ बस्तीहरू
    पानी भएकाे मरुभूमिमा परिवर्तित भए
    कोसौ कोस सम्म पानीको वितण्डा उर्लियो
    सपनाहरु झन गहिरो निदमा जाने भयो ।।

    कति निष्ठुरी बनेयौं प्रकिर्ति तिमी
    हाँस्न खोज्दै गरेको बेलामा रुवायौ
    अब त उठ्छौ कोरोना कहरबाट भनेको
    वर्षातको रूपमा आएर फेरि डूबायौ ।।

    के दोष थियो कुन्नि बुझ्न सकिएन
    चिथोरिएका घाउहरुमा मलम लागेन
    खाटा र पाप्रा बसिसकेका ती घाउहरु
    ठीक होलान् भन्ने आश नै रहेन ।।

    हे ! कस्तो अन्योलको अवस्था आयो
    न हिउँदमा सुख र शान्ति पायो
    बर्षात आऊने बितिकै झन ठूलो वितण्डा
    रातको निद र दिनको होस उडायो ।।

    सबै परिस्थितिलाई प्रकिर्तीले
    आफ्नो अनुकुल बनायो
    म हु बलवान भन्ने मानवलाई
    फेरिपनि निष्ठुरी बर्षातले तर्सायो ।।

    सफताको आसा माथि प्रश्न चिन्ह लाग्यो
    जता गयो उतै चोटै चोटको हन्डर खायो
    सकिन्न प्रकिर्ती संग लड्न भन्ने कुराको
    निष्ठुरी बर्षातले पनि प्रष्ट देखायो ।।

    यस्तै छ जहाँ ,उस्तै हो यहाँ                               कहिले कोरोना कहारले लुटियो
    कहिले विनासकारी  बर्षातले कुटियो
     जताबाट पनि समस्याको थुप्रो हामीमा थपियो ।।


    - नारायण कोइराला, तानसेन, पाल्पा
    हाल, यूएई।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।