प्रेमकथा : लवडाँडो
जाउँ की, न जाउँ अन्योलमा छ उ। फोन वार्ता हुनलागेको पनि लामो समय भइसकेको थियो। समय लामो भएपनि उ प्रतक्ष्य भेट हुन भने सकेको थिएँन।
हिजो उनले सिधै धम्की दिइन् । भेट नगर्ने भए आजबाट फोन नगर्नुहोला । उ जिल्ल परेको थियो, उनको धम्कीबाट। किन र केकोे लागि धम्की दिइन्।फोनमा सोध्नपनि सकेन। हिजो उ संग फुर्सद नहुँदा त्यस बारेमा धेरै सोच्न समय थिएन। आजको काम सकेर आइसकेको थियो । भोली विदा। पर्सिसम्म समय उसको पक्षमा थियो। जहाँजान चाहन्छ,' उ जान सक्छ।' यसैपनि परदेशमा भएकोले उसलाई रोकतोक गर्नेपनि कोहि थिएनन्। भएका साथिपनी छुट्टी मनाउन भन्दै कोठाबाट निस्किए। उ एक्लो भयो कोठामा।
जसोतसो बस्दैथियो उ। कोठभरी झिलिमिले ट्यूबलाईट बलेका थिए। उसको मन भने कताकता हराईरहेको थियो। मनले केही खोजिरहेको महसुस गर्दथ्यो। टेबलमा भएको फोन उठायो। फोन गरौं की भन्ने मनमा आयो। फेरि हच्कियो। फोन टेबलमै राखेर बाथरूम तिरगयो। आफ्नो अनुहार ऐनामा धेरैबेर हेरिरह्यो। आफ्नो भन्दापनि उनको अनुहार ऐनामा आएर उभिएको अनुभव गर्यो। बाथरुमबाट बाहिर आउँदा उनी सगै भए जस्तो लाग्यो उसलाई। कोठा सुनसान भएकोले पनि उसको मनमा उनी आउने वातावरण बनीरहेको थियो। उ आफू असहज महसूस गर्यो। हिजोदेखि उनी संग कुरागर्न नपाउँदाको पीडाले उसको मन र तन् जलीईरहेको थियो। हुन् पनि दिनमा फुर्सत भयोकि कुरा गर्ने बानी बसीसकेको थियो। आफ्नै देशकी उनी भएपनि उनलाई सम्झाउन सजिलो हुने थियो होला। उनी परिन् विदेशी। उसको एक मन भन्छ आजबाट उनीसंग कुरो गर्दिन। जवानी उम्लान्छ । फेरि मन मान्दैन। उ अर्ध चेतन भएको महसुस गर्छ। माया अन्धो हुन्छ भन्थे, साच्चै हो कि?
उ कोठामा बस्छ। स्वदेशी हो अथवा विदेशी माया बसेंपछि आँखाले एउटै देख्दोरहेछ। पुराना दिन सम्झन्छ। विगतमा जाने ईच्छा नहुँदा नहुँदै पनि केही अविस्मरणय पलहरु उसका सामुन्ने आउँछन्।
त्यो दिन अर्थात् जीवनसाथी घर भित्राएको दिन। अनि आफ्नी प्रियसंग एउटै कोठामा थुनिएको दिन।त्यो दिनलाई उनी संग तुलना गर्न खोज्छ। फेरि सोच्छ उनीसंग उनको तुलना कसरी हुन सक्छ ? प्रिय भनेको त प्रिय नै हो। जो सातौं जुनी सगै बिताउला भनेर कसम खाएर ल्याएको थियाे उ। रातभर उनको हरेक अंगसंग आफ्नो अंग साटेको थियो। उनले पनि उसलाई भरपुर साथ दिएकी थिइन्। त्यो दिन संसार नै यही रहेछ भन्ने लागेको थियो दुवैलाई।
तर यो कुरा दैवलाई मंजूर नभएपछि के गरुस उ। त्यो मिलन नै उसको लागि सुरु र अन्तिम दिन भयो। त्यहीँ पीर शान्त पार्न त उ विदेश हानिएको थियो। सुनसान कोठामा एक्लै भुनभुनाई रह्यो। न उसको आवाज प्रिय संग पुग्यो। न उनको आवाज उसंग। आउने कुरो पनि भएन।उनको मृत्यु भइसकेको थियो।उनीसंगै उसको इच्छा र चाहना मर्ने कुरो पनि त भएन।बल्ल पच्चीसको त छ उ। प्रकृर्तिले शरीर नै यस्तो बनाएको छ। समाजले रोक्दैमा कसरी रोकिन्छ र? उ रातभर यस्तै पीडामा तड्पी रह्यो। न उसको पीडा प्रकृर्तीले बुज्यो न अँध्यारो रातले।
रात गयो। बिहानी आयो। उ भने रात गएको अनुभव नै गरेको छैन। कम्बल भित्र गुटमुटिएको छ। नजिकै रहेको फोन तान्छ। साईलेन्समा राखेको फोन अन गर्दा एकैपल्ट कैयन म्यासेजहरु आउँछन्। सधैंभन्दा आज अलि बढी नै म्यासेज आएका रहेछन्। उ कम्बल भित्र एकोरिन्छ। आधाभन्दा धेरै म्यासेज त उनिको नै थियो। तुरुन्तै फोन गर्न खोज्यो। फेरि रोकियो। गरुकी नगरु। उनले मलाई भेट्ने भएमात्र कुरा गर्ने सर्त राखेकी हुन्। भेट्ने की नभेट्ने। सोच्दा - सोच्दै फोन फेरि बज्यो। मनभारी भएपनि उनको फोन उठायो।फोन कानमा पुग्ने बित्तिकै उतैबाट एक वाक्य आयो, 'हेलो बेबी, हाऊ आर यू' । उसको उत्तर थियो, ' म ठीक छू।' एकछिन एकले अर्कालाई हेरीरहें। अगाडि के बोल्ने उसको वाक्य आइरहेको थिएन। उनले नै अरु थपिन्, रिसाएको ! उ पनि पुरानो कुरा बिर्सिएर कुरा अगाडि बढायो। होइन। कुरा फेरि सुरु हुन थाल्यो।
उनको उहिँ कुरो भेट हुने की नहुने ? यसपाली उसले पनि प्रस्ताव स्वीकार गर्यो। उनको अनुहारमा मुसुक्क मुस्कान आयों। उ पनि फ्रेस भएको अनुभव गर्यो।भेट्ने कुरो त भयो। भेट्ने कहाँ त? ठाउँ पनि चाहियो। उ कोठामा ल्याउन चाहन्न। उनी पनि सुरक्षित ठाउँ चाहन्छिन्। हुन् त उनीहरूलाई चिन्ने को छ ? त्यसो भनेर पनि त भएन।ठाउँ त चाहियो। उसले लवडाँडोकोबारे सुनेको थियो। तर गएको थिएँन।सुनेकै भरमा त्यहाँ भेटघाट गर्ने कुरो पनि भएन। बुझेर बताउने कुरो गर्यो।
केहि समयपछिको दृश्य अर्कै थियो। लवडाँडोले उनीहरूलाई स्वगत गरीसकेको थियो। समुन्द्रीसतह नजिकै रहेको त्यो डाँडो वास्तवमा पछि कृतिमरुपमा बनाईएको रहेछ। हरियाली उस्तै । अनि समुद्रको छाल घरिघरि त्यो डाँडाको किनार सम्म आईपुग्थ्यो।किनारमा लवजोडीहरु आपसमा आफ्नो जिन्दगी यही हो भनेर बिन्दास भएको देखिन्थ्यो। यस्तै जोडीको बीचबाट उनी र उ अगाडि बढे। अहिले उसलाई बाहिरी दृश्यले भन्दापनि उनको सामीप्यले आकर्षण गर्दैथियो। लवडाँडोको टपमा रिल्याक्सरुमहरु पनि थिए। स्पेसल लवजोडीको लागि मात्र। उ र उनी त्यही रूमतिर गए। फोनमा कुरा गर्नु र सामुन्ने हुनुको फरक खुलस्त देखिएको थियो।उनी भने प्रसन्न र खुसी मुन्द्रमा थिइन्। विदेशी भएर पो की? लवडाँडोलाई भने स्वदेशी विदेशीको कुनै मतलब थिएन। हुनेकुरो पनि भएन। आखिर मानवले नै , 'मानवको लागि लवडाँडो तयार गरेका थिए।'
कोठाको दृश्य हेर्दा साच्चै लवजोडीलाई नै बनेको जस्तो थियो। त्यसमाथि उनको उज्यालो अनुहार कोठा भन्दापनि झन् चम्किएको थियो। उनको अनुहारको सामुन्ने कोठाको उज्यालो उसको लागि सुन्य थियो। एक छिनको कुराकानी पछि रिल्याक्स रूमको बेडले उनीहरुलाई स्वागत गर्यो। बेड मायामय भयो। मायाको रसले लतपत पनि। दुवैका आँखा तिर्मिराएँ। उ र उनी लजाएँ। लवडाँडो भने लजाएँन।उसलाई बानी परेको थियो।
समय - समयमा लवडाँडोले उनीहरूलाई स्वागत गरिरह्यो। केही वर्षपछि समय र परिस्थिती बदलियो उ र उनी आफ्नो - आफनो देशतिर प्रस्थान गरे। लवडाँडो भने उनीहरूको स्मरणमा रहिरह्यो। कहिले काहिँ कुरा हुन्छ। सायद उनीहरूको चिनो हो । उनको साथमा खेलिरहेको हुन्छ। उ फोनको भिडियो कालबाट हेरिरहन्छ।
- नारायण कोइराला
तानसेन, पाल्पा
हाल : दुबई
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology