Logo

२०८३, श्रावण २७गते


images
images

जनताका लागि एम्बुलेन्स भयो, जनप्रतिनिधीको गाडी

जनताका लागि एम्बुलेन्स भयो, जनप्रतिनिधीको गाडी

images
  • सेतोमसी सहकर्मी
  • जनताका लागि एम्बुलेन्स भयो, जनप्रतिनिधीको गाडी
    images
    images

    नन्दु यादव, नवलपरासी पश्चिम ।नवलपरासीको रामग्राम नगरपालीकाका जनप्रतिनिधी बोक्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीले आजबाट कोभिड १९ संक्रमीत बिरामी वोक्न थालेको छ  ।

    images
    images
    images

    नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रयोग गर्दै आएको उक्त गाडीलाई एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरेपछि  गाडीले कोभिड १९ बाट संक्रमीत भएका नगरभित्र रहेका बिरामी वोक्न थालेको     हो  । 

    images
    images
    images

    कोभिड १९ को असहज परिस्थितीलाई मध्यनगर गर्दै आफुले चढ्ने गाडी कोभिड संक्रमीतको उपचारमा सघाउ पु¥याउने उद्देश्यले एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले जानकारी दिनुभयो  ।  नगरप्रमुख गुप्ताले आफुले चड्ने गाडीमा नगरभित्रका कोभिड १९ बाट संक्रमीतलाई आवश्यकता अनुसार आईसोलेसन सेन्टर तथा अन्य स्वास्थ्य संस्थामा लैजानका लागि प्रयोग गर्न मिल्ने गरी  एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरेपछि उक्त कार्यको चौतर्फी प्रशंसा भएको छ  । 

    images
    images
    images

    कोभिड १९  को संक्रमण न्युनीकरण तथा रोकथामकालागि  नगरपालीकाले भुमिका निर्वाह गर्दै आईरहेको नगरउपप्रमुर रम्भा कुवंरले बताउनुभयो  । 

    उक्त सवारीले नगरभित्रका कोभिड १९ बाट संक्रमीतलाई घरबाट आईसोलेसन सेन्टर तथा अन्य स्वास्थ्य संस्थामा लैजाने कार्यमा प्रयोग गरिने गरी व्यस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो  । 

    रामग्राम नगरपालीका नगरप्रमुख गुप्ताले आफु चढ्ने सरकारी गाडीलाई  एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरे जस्तै देशका सबै स्थानीय तहका जनप्रतिनिधीहरुले चढ्ने सरकारी सवारी साधनलाई कोभिड १९ का विरामीको उपचार गर्न सघाउ पु¥याउने कार्यमा प्रयोग गर्न सकियो भने पक्कै पनि बिरामीलाई समयमै स्वास्थ्य संस्था पुग्न मद्दत पुग्ने निश्चित छ   । 

    नगरपालीकाले यस अगाबै रामग्राम नगरपालीका वडा न–४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा  अख्सिजन सहितको २० शैयाको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन् ।   

    यसैगरी रामग्राम नगरपालीकाले कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा  पुगेर औषधी  वितरण गर्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने काम गर्दै आईरहेको  छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।