राजेश पराजुली, पाेखरा । नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीबाट उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेका पार्टीका छुट्टा छुट्टै बैठकले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं १ बाट श्रीनाथ बरालको नाम सर्वसम्मत सिफारिस भएको छ । समानुपातिकतर्फ चुडामणि जंगली , दिलकुमारी पन्त र जैनब खातुन उम्मेदवार सिफारिस भएका छन् ।
प्रदेश सभा १ (क) मा प्रत्यक्षतर्फ मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल उम्मेदवार सिफारिस हुँदा समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिस भएका छन् । प्रदेश सभा १ (ख) मा प्रत्यक्षतर्फ पूर्ण लामाको एकल नाम सर्वसम्मत सिफारिस भएको छ । यो क्षेत्रबाट समानुपातिकतर्फका उम्मेदवारमा गजकुमारी गुरुङ, डिकबहादुर राई (डिबी), डिलाराम लामिछाने, तिलबहादुर विक र चन्द्रकिशोर गौतमको नाम छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा तुलबहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाताराम आचार्य र सर्मिला पौडेल सिफारिस भएका छन् । प्रदेशसभा २ (क) बाट प्रत्यक्षमा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल परेका छन् ।
प्रदेश सभा २ खबाट कृष्ण पराजुली ढाकामोहन रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, , सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट एकीकृत समाजवादीले प्रत्यक्षतर्फ नवराज पहारी कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, र मेनका आचार्यको नाम सिफारिस गरेको छ । प्रदेश सभा ३ (क) बाट दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमैको नाम सिफारिस भएको छ ।
प्रदेश सभा ३ (ख) बाट होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, संगिता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी उम्मेदवारमा सिफारिस भएका छन् ।
सत्ता गठबन्धनमा कास्कीमा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ सिट दाबी गरेको सहसचिव लामाले जानकारी दिए । ‘एकीकृत समाजवादीको संगठानिक हुँदै गएको छ । कार्यक्रमहरु पनि त्यही अनुसार भएका छन् । त्यस कारण जिल्लामा सबै दलको सम्मानजनक उपस्थिति हुनुपर्छ । हाम्रो कास्कीमा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्र्फ २ सिटमा दाबी हो,’ उनले भने ।
गठबन्धन नभए सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी अघि बढेको एकीकृत समाजवादी पहिलो पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदै छ । सत्ता गठबन्धनमा कास्कीका क्षेत्र बाँडफाँटबारे औपचारिक छलफल सुरु भएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology