Logo

२०८३, श्रावण ३१गते


images
images

कर्मचारी भर्ना प्रक्रियामा यसरी चुक्यो शिवराज नगरपालिका

कर्मचारी भर्ना प्रक्रियामा यसरी चुक्यो शिवराज नगरपालिका

images
  • सेतोमसी सहकर्मी
  • कर्मचारी भर्ना प्रक्रियामा यसरी चुक्यो शिवराज नगरपालिका
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ ।  खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि  शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते  रोजगार सहायक भर्नाका लागि सूचना प्रकाशित गर्यो । 

    images
    images
    images

    सूचनामा दरखास्तमा दिने अन्तिम म्याद मिति २०७९ साउन ९ गते तोकियो । पालिकाले साउन ९ गते विदा परे त्यसको अर्को दिन सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गर्यो । 

    images
    images
    images

    त्यसपछि मिति २०७९ साउन २५ गते प्रारम्भिक योग्यताको सूचना प्रकाशित गर्यो । नगरपालिकाले सो सुचनामा १० जनाको नाम सहित समाबेश गरेको  थियो ।

    images
    images
    images

    शिवराज नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ अनुसार नै प्रारम्भिक योग्यताक्रमको सुचि प्रकाशन गर्यो । 

    तर शिवराज नगरपालिकाले नै निर्माण गरेको स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को धज्जि उडाउदै ६ दिन ढिलो सूचना प्रकाशन गरेको छ ।   

    नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को  बेवास्ता गर्दै प्रक्रिया अगाडि बढाएको स्थानीयले आरोप लगाएका छन् । मापदण्डमा १० दिन भित्रै सुचि प्रकाशित गर्नु पर्छ भनेर स्पष्ट लेखिएपनि शिवराज नगरपालिकाले ६ दिन ढिलो सूचना प्रकाश्न गरि चुकेको छ ।

    दरबन्दी र पदपूर्ति सम्बन्धि  प्रारम्भिक योग्यताक्रमको सुचि प्रकशन गर्न बनेको  बमोजिम दफा नं ५ को उपदफा (१) बमोजिमको सूचनामा तोकिएको म्यादभित्र प्रप्त हुन आएका आबेदन मध्येबाट पदपूर्ति समितिले म्याद समाप्त भएको १० दिन भित्र योग्य ठहरिएका मध्येबाट १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यताक्रम सुचि प्रकाशन गर्ने उल्लेख गरिएको छ  । 

    तत्कालीन प्रमुख प्रशाकिय अधिकृत गणेश प्रसाद अर्यालले  हस्ताक्षर गरेको सुचनामा मापदण्डको ख्यालै नगरी सूचना प्रकाशित गरिएको छ । १० दिन भित्रै प्रकाशन हुनु पर्न सुचना ६ दिन ढिलो प्रकाशित भएको प्रति शिवराज नगरवासी आशंका ब्यक्त गरेका छन । 

    दरखास्त दिएकाहरुले सूचना ढिलो प्रकाशित गरेको कार्य गम्भीर विषय भएको बताएका छन । दरखास्त दिएका एकजनाले नाम नबताउने सर्तमा नगरपालिका भित्र आन्तरिक चलखेल भएको बताए । 

    उक्त सुचना केहि जनप्रतिनिधिको आफेपासेको लागि खुलाएको भन्ने आंशका व्यक्त गरे ।  उनले भने "सुचना ढिलो आयो यो दुखद पक्ष हो, कस्को सेटिङ्गमा यस्तो भयो ?"
      
    रोजगार सहायकको लिखत परिक्षा अझैसम्म भएको छैन ।   शिवराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकिय गणेश अर्यालको सरुवा भइ स्याङ्जाको पुतलीबजार नगरपालिका गइसक्नु भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिवराज नगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।