Logo

२०८३, श्रावण ३०गते


images
images

कृष्णनगर : निषेधाज्ञमा थप कडाई, अटेर गर्नेलाई कार्वाही गरिने

कृष्णनगर : निषेधाज्ञमा थप कडाई, अटेर गर्नेलाई कार्वाही गरिने

images
  • सेतोमसी सहकर्मी
  • कृष्णनगर : निषेधाज्ञमा थप कडाई, अटेर गर्नेलाई कार्वाही गरिने
    images
    images

    प्रिन्स मिश्रा, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा निषेधाज्ञामा थप कडाइ गर्दै कोरोना जोखिमलाई नियन्त्रण गर्न प्रहरीले चेन ब्रेक गर्ने भएको छ । 

    images
    images
    images

    नगरमा कोरोण संक्रमित विरामीको संख्या बढ्दै गएकाले प्रशासनले जारीको गरेको निषेधाज्ञालाई पूर्ण रूपमा पालन गर्न गराउन सम्बन्धित सबैले आफ्नो तहबाट भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय कृष्णनगर , इलाका प्रहरी कार्यालय बहादुरगन्ज , उद्योग वाणिज्य संघ कृष्णनगर जनप्रतिनिधी र प्रहरी चौकीहरुको सयुक्त बैठकले कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञालाई कडाईका साथ पालन गर्न निर्णय गरेको हो । 

    images
    images
    images

    तोकिएको समय बाहेक अन्य समयमा हिड्ने ,माक्स प्रयोग नगर्ने चोक चौराहमा जम्मा हुनेहरु लाई कारबार्हि गरिने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शूकदेव पौडेलले बताउनु भयो । नगरमा कोरोना महामारीको जोखिम अतिउच्च भएकोले यसको नियन्त्रणका लागी निषेधाज्ञाको पूर्ण पालन गराउनु पर्ने भएकोले अब थप कडाइ गरिने बताउनु भयो ।

    छलफलमा कोरोना संक्रमितहरुको शव व्यवस्थापनाका लागि शव वाहन, एम्वुलेन्स व्यवस्थापन, अक्सिजन लगायतलाई प्रथमिकतामा राखेर जनप्रतिनिधीहरु संग सहकार्य गरिने कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले  बताउनु भयो । 

    प्रहरी एक्लैले कडाइ गरेर मात्रै नहुने हुदाँ जनप्रतिनिधी संघ संस्था, बुद्धिजीवी बर्गले समेत समन्वय गर्नु पर्ने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शुकदेव पौडेलले  जानकारी दिनुभयो

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलवस्तु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।