गजल
आज कोरोनाले समात्छ कि भनेर चिन्तित बन्दैछ मान्छे ।
पैसा र शक्ति भएको म मात्र बाच्न पर्छ भन्दैछ मान्छे ।
महल भित्र फर्निचरले सजाउदा खुसी हुने धनी
टाेलाउदै भित्रै बसि अक्सिजन दिने रुख गन्दैछ मान्छे ।
हिज छोडेर सहर पसेको त्यो हराभरा गाउँ सम्झिदै
गाउँ फर्की प्रकृतिको साथी बन्न बांझो खन्दैछ मान्छे
हिजो तछाडमछाड गर्दै हिड्नु प्रगति भन्दै हिड्थ्यो
सासै लिन नमिलेर अस्पतालको बेडमै कन्दैछ मान्छे ।
- गणेश भुसाल, स्याङ्जा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology