राजेश पराजुली, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज सिट बाँडफाँटको टुङ्गो आज लाग्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनमा सिटको टुंगो आज लाग्ने र देशैभर आफ्नो लहर आएपनि अन्त्यतः चितवनबाटै उठ्ने स्पष्ट पारेका हुन् ।
पत्रकारसंग कुरा गर्दै प्रचण्डले भने -
‘गोरखाका कांग्रेसी नेताले यहाँ आइदिनुस तपाइ जानैपर्दैन हामी जिताइदिन्छौं भन्नुभाछ तर म चितवनबाटै लड्छु, उनले भने, ‘मेरो दिमागमा दायाँबायाँ अरु केही छैन । चितवनको जनताको चेतना र भावनाप्रति मलाई विश्वास छ ।’
उनले गठबन्धन भएको कारण चितवन छोड्दा नकरात्मक सन्देश प्रवाह हुने धारणा राखे ।
‘अहिले गठबन्धन पनि छ । यसमा विमती पनि छैन, उनले भने, ‘त्यसो भएको हुँदा अहिले चितवन छोड्दा त्यती राम्रो सन्देश जादैन । यसले राष्ट्रिय सहमति र एकताको सन्देश दिदैंन । कहीं न कहीं नकरात्मक सन्देश जान्छ ।’
उनले आफुले चितवनबाटै जित्नेमा ढुक्क रहेको बताए । ‘चितवनबाट जित्छु भन्नेमा म चाँही झण्डै पूर्ण कन्फिडेन्ट छु । विश्वासमा छु । म कहिले सिराहा कहिले रोल्पा त कहिले काठमाडौंबाट लडे त्यसको अर्थ केहो भने प्रचण्ड एउटा मात्रै ठाउँको होइन देशैभरीका जनताको हो भन्ने सिद्ध गर्नु थियो, उनले भने ‘त्यो सिद्ध भयो । अहिले चितवन छोड्दा त्यो सिद्ध हुदैन । डराएर हिडेको भनेजस्तो हुन्छ । म त्यसो गर्न चाहन्न । किनभने मैले जित्छुु ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो निर्वाचनपछि नागरिकलाई सचेत बनाउन आन्दोलन गर्ने बताए । ‘यो निर्वाचन प्रणाली गरिब दिन दुुःखीको लागि महङ्गो साबित भयो, उनले भने ‘संविधान संशोधन गरेर नागरिक सचेत बनाउँदै निर्वाचन प्रणाली बदल्न पनि माओवादी मात्र नभएर सम्पुुर्ण राजनितिक दलहरु एक हुने आशा लिएर अगाडी बढ्ने छुु ।’
अध्यक्ष प्रचण्डले अहिले नै प्रधानमन्त्रीको दौडमा नभएको बताए । ‘पाँच दलीय गठबन्धनबाट म नै प्रधानमन्त्री बन्छुु भनेर अहिले दौड छैन, उनले भने, ‘निर्वाचनको परिमाण कस्तो हुुन्छ त्यसै अनुसार नै सोच बनाउने छुु ।’
उनले फरक प्रसंगमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यायदेशमार्फत ल्याएको नागरिकता विद्येयकको विरोध आफुुहरुले नगरेको बताए । ‘हामीले नागरिकता विद्येयकको विरोध गरेको होइन । उहाँले अध्यादेशबाट ल्याएको विद्येयकलाई सदनबाट पास गरेर ल्याउन अदालतले फिर्ता गरेको हो" प्रचण्डले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology