Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी अध्यक्ष प्रचण्डसंग एमालेले चितवन जिल्ला अध्यक्ष न्यौपाने लडाउने 

माओवादी अध्यक्ष प्रचण्डसंग एमालेले चितवन जिल्ला अध्यक्ष न्यौपाने लडाउने 

images
  • माओवादी अध्यक्ष प्रचण्डसंग एमालेले चितवन जिल्ला अध्यक्ष न्यौपाने लडाउने 
    images
    images

    राजेश पराजुली, चितवन । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो जीत पक्का रहेको बताएका छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट एकल उमेदवारी दाबी गरेका उनलेआफ्नो जीत शुनिश्चित रहेको बताएका हुन् । 

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यसै क्षेत्रमा लड्ने निश्चितप्राय छ । प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले यस पटक पनि चितवन नछोड्ने देखिएको छ । प्रचण्डसँग भिडाउन न्यौपानेलाई एमालेले सर्वसम्मत उमेदवार बनाउने पक्का गरेको छ । प्रचण्डसँग भिड्ने टक्कर लिएका न्यौपानेले यस पटक भने एमालेकै जीत पक्का हुने दाबी गरेका छन् ।

    images
    images
    images


    यस क्षेत्रमा ३० हजार भोट एमालेको मात्रै रहेको छ । त्यस हिसाबले पनि पार्टी बलियो रहेको न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘मैले जित्ने पहिलो आधार भनेको जनताको समर्थन हो । एमालेलाई जनताको सहानुभूति छ । त्यसकारण पनि एमालेको जीत हुन्छ भन्ने मलाई लागेको छ । 

    images
    images
    images


    न्यौपानेका अनुसार एमालेले एक्लै चुनाव लड्ने तयारी गरेको छ । राप्रपासँग तालमेल गर्ने भन्नेबारे बाहिर कुरा चले पनि ठोस योजना नबनेबो उनको भनाई छ । उनी भन्छन्,‘ राप्रपासँग तालमेल गर्नै नहुने भन्ने त होइन । तर एमाले मूलतः आफ्नै एजेण्डामा आधारित भएर विकास र समृद्धिको योजनालाई अघि सारेको छ । जनताहरु एमालेप्रति आकर्षित हुनुहुन्छ । त्यही आधारमा पनि एमाले एक्लै चुनाव लड्ने सम्भावना बढी छ ।

     

    प्रचण्डले विगतमा एमालेको सहयोगमा चुनाव जीतेको भन्दै आफु त्यही क्षेत्रमा जन्मिएको, त्यहीँ हुर्किएको र त्याहाँका जनता र परिवेशलाई बुझेका कारण आफ्नो जीत पक्का हुने महशुस गरेको न्यौपानले बताए । उनले भने, ‘प्रचण्ड त्यही क्षेत्रको हुनुभएपनि वहाँले मैले जति बुझ्नुभएको छैन । प्रचण्डले काठमाडौं बसेर यहाँका जनताको पिर मर्का बुझिँदैन । म यस क्षेत्रका जनताको बीचमा रहिरहेको हुन्छु, जनताले आफ्नो जनप्रतिनिधिलाई भेट्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन् । त्यसरी प्रचण्ड जनताको बीचमा जान सक्नुहुन्न ।’माडी क्षेत्रमा निकुञ्जका कारण स्थानीयलाई परेको समस्या समाधान पहिलो प्रथामिकतामा राखेको न्यौपानेले बताए । ‘निकुञ्जबाट पीडित जनताहरुलाई निकुञ्जबाट हुने क्षति हुन नदिन तारबार लगाउने, राप्ती कोरिडोर, नारायणी कोरिडोरलाई व्यवस्थापन गर्ने जिम्मा लिनेछु ।’ 


    उनले भने ‘विशेषगरी ठाडा खोलाहरुमा तटबन्धनको अभियान मेरा प्रथामिकतामा रहेका अभियान हुन् ।’यस क्षेत्रमा युवा स्वरोजगार, कृषकका समस्या, कृषकका उत्पादन निर्यात तथा विक्री विरणमा पहल गर्ने जस्ता कुरामा राज्यलाई झकझक्याउने उनी बताउँछन् ।


    राज्यले विभिन्न ढङ्गले पछाडी पारेको क्षेत्र नम्बर ३ मा त्याहाँका जनताको आवाजलाई आफुले राज्यसँग समृद्धिको बाटोमा लैजान पहल गर्ने न्यौपानेले बताए ।चितवन ३ को प्रदेश (क)मा कृष्ण भुर्तेल, रविकिरण पौडेल, विष्णुहरी तिमल्सिना, प्रकाश भट्ट लगायतले उमेदवारी दाबी गरेका छन् । त्यस्तै (ख)मा शंकर थपलिया, शरस्ती विष्ट, सुदीप रेग्मीलगायत रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।