Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह प्रेस क्लबको बैठक सम्पन्न, सल्लाहकार समिति गठन, सदस्य संख्या २९ पुग्यो

देवदह प्रेस क्लबको बैठक सम्पन्न, सल्लाहकार समिति गठन, सदस्य संख्या २९ पुग्यो

images
  • देवदह प्रेस क्लबको बैठक सम्पन्न, सल्लाहकार समिति गठन, सदस्य संख्या २९ पुग्यो
    images
    images

    देवदह । देवदह प्रेस क्लबको पाचौं पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । क्लबको कार्यालय देवदह ७ खैरेनीमा बसेको बैठकले सदस्यता प्रदान, सल्लाहकार नियुक्ति, कार्यसमिती सदस्यहरूको कार्यविभाजन र आगामी कार्यक्रम लगायतका विषयमा निर्णय गरेको क्लबका सचिव निर्मल थापा मगरले बताए ।

    images
    images
    images

    सचिव थापाका अनुसार बैठकले क्लबको सदस्यता प्राप्तिको लागि प्राप्त आवेदनमाथि  छलफल गर्दै देवदहको पत्रकारितामा महत्त्वपूर्ण योगदान पुर्याएका र हाल सक्रिय पत्रकारीता गरिरहेका १६ जना पत्रकारलाई सदस्यता प्रदान गर्ने  निर्णय गरेको छ । जसमा सिद्दिचरण भट्टराई (ढुण्डिराज भट्टराई), निर्मल  ढुंगाना, पवन पौडेल, रमेशकुमार पोख्रेल, झविन्द्र देवकोटा, कमल प्रसाद न्यौपाने, टंक सुनार, कमला अर्याल, मीना पौडेल, मीन बहादुर अछामी मगर, विकास गौतम, प्रेम थापा, नवीन लुइँटेल, निश्चल अर्याल र लालबहादुर थापा रहेका छन् । थप १६ जना सदस्य थपिए संगै क्लबमा साधारण सदस्यको संख्या २९ पुगेको क्लबले जनाएको छ ।

    images
    images
    images

    त्यसैगरी क्लबले आवश्यक सल्लाहका लागि पाँच सदस्यीय सल्लाहकार समिति र एकजना कानुनी सल्लाहकार नियुक्त गरेको छ । जसको सल्लाहकारमा देवदहको पत्रकारीताको थालनीसंगै त्यसयता महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका पत्रकार सिद्दिचरण भट्टराई, निर्मल ढुंगाना, पूर्णप्रसाद पौडेल (पवन पौडेल), रमेशकुमार पोख्रेल र कमल प्रसाद न्यौपाने रहेका छन् भने कानुनी सल्लाहकारमा लेखक तथा साहित्यकार समेत रहेका अधिवक्ता विनोद पाण्डे 'उदय' लाई नियुक्त गरिएको छ ।

    images
    images
    images

    साथै प्रेस क्लबको कामलाई थप व्यवस्थित गर्न क्लबका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको सचीव थापाले बताए । थापाका अनुसार देवदह प्रेस क्लबको वेबसाईट संचालन र व्यवस्थापनको जिम्मेवारी कार्य समिति सदस्य प्रदीप भट्टराईलाई दिईएको छ । कार्यालय व्यवस्थापनको लागि सचिव निर्मल थापाको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरूमा कार्यसमिती सदस्यहरू राहुलदेव सापकोटा र सुरज बस्याल रहेका छन् । महिला पत्रकारसंग समन्वयको जिम्मेवारी सह-सचिव ललिता घिमिरेलाई दिईएको छ भने आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष धुर्ब लामिछाने संयोजक र संजय लामा गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

    क्लबले  'देवदहमा हिजो, आज र अबको पत्रकारिता' विषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । असोजको दोस्रो हप्ता चार्डपर्व लक्षित शुभकामना आदानप्रदानसंगै उक्त कार्यक्रम गरिने क्लबले जनाएको छ । जसको लागि क्लबका उपाध्यक्ष सुशील सापकोटालाई कार्यक्रम संयोजकको जिम्मेवारी दिईएको क्लबका अध्यक्ष विष्णु पोखरेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह प्रेस क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।