Logo

२०८३, श्रावण ३०गते


images
images

श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने

श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने

images
  • श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने
    images
    images

    राजेश पराजुली, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन् । आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताएका थिए ।

    images
    images
    images

    सो अवसरमा उनिहरुबीच साउदीमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्दै आएका नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

    images
    images
    images

     नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने बताएका थिए । मन्त्री कुँवरले साउदीमा काम गर्ने नेपाली श्रमिकलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपाली कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह गरेका थिए ।

    images
    images
    images

    भेटमा राजदूत हैमदले नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।