लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प
काठमाडौँ – लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ ।
लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की काठमाडौं लगायत नवलपरासी , रुपन्देहीमा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट कति क्षति भयो भन्ने जानकारी आएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology